बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रियोका यस्ता घटना ! कोही खेलाडी गए वेश्यालय त कोही बने पोर्नस्टार

बिहीबार, १६ भदौ २०७३, ११ : ५८
बिहीबार, १६ भदौ २०७३
सन् २०१६ को रियो ओलम्पिकको क्रममा कसैले जितेको, कसैले हारेको र कतिले पदक जितेको खबर त पढ्नुभयो होला । तर, यी बाहेक पनि यहाँ त्यस्ता घटना भए जसलाई रियो ओलम्पिकले कहिले पनि बिर्सने छैन । र, यो पढेपछि सायद तपाईंले पनि यसलाई बिर्सन सक्नुहुन्न । खेल्नका लागि रियो ओलम्पिकमा पुगेका खेलाडीमध्ये कोही पोर्न स्टारजस्ता देखिए भने कसैले अरुसँग सेक्स गर्नका लागि आफ्नो पार्टनरलाई नै कोठा बाहिर निकाले । यस्तै, कोही खेलाडीले भने आफ्ना अश्लिल भिडियो बनाएर इन्टरनेटमा हालेर हल्लाखल्ला मच्चाए । १. म्याचको एक रात पहिले ब्राजिलकी खेलाडीले सेक्स गर्नका लागि आफ्नो पार्टनरलाई कोठाबाट बाहिर निकालिन्ः सिंग्रनाइज्ड डाइभिंग इभेन्टमा ब्राजिलको एक जोडीले भविष्यमा एक–अर्कासँगै खेल गर्न अश्विकार गरे । यस्तो यसकारण भयो किनभने उनीमध्ये एकले सेक्स गर्नका लागि साथी खेलाडीलाई कोठाबाट बाहिर निकालिन् । घटना यस्तो थियोः २० वर्षीया इनग्रिड ओलिविरा कथित रुपमा एक खेलाडीसँग सेक्स गर्न चाहन्थिन् । मिडियाको रिपोर्ट अनुसार यो जोडीले इभेन्ट हुनुभन्दा एक रात पहिले म्याराथन नाइट अफ सेक्समा मनोरञ्जन गरे । यसका लागि इनग्रिडले १७ वर्षीया आफ्नी पार्टनर जियोवाना पेड्रोसोलाई उनीहरुको कोठाबाट बाहिर निकालिदिइन् । यो जोडी आफ्नो इभेन्टमा अन्तिम स्थानमा रहे । २. पोकेमन गो खेल्दा जिम्न्यास्टको फोनको बिल पाँच हजार आयोः यतिबेला पूरा संसार पोकेमन गोमा आकर्षित छ । यो खेलको नशा रियो ओलम्पिकमा गएका खेलाडीहरुमा पनि देखियो । ६ पटक विश्व च्याम्पियन बनिसकेका जापानी जिम्न्यास्ट कोहेई उचीमुराको यो नशा उनका लागि भारी भयो । उनका अनुसार ब्राजिलमा यो खेल खेलेका कारण उनको रोमिङ डेटा प्लानको खर्च पाँच लाख येन आयो । उनले भने, ‘मेलै तालिमको क्रममा यो खेल डाउनलोड गरेको थिएँ र मलाई छिट्टै यसको लत बस्यो । यद्यपी, कोहेईको फोन कम्पनीले उनलाई राहत दिँदै उनीसँग तीन हजार येनको असुली गरेको छ ।’ ३. रियो ओलम्पिकमा स्ट्रिप्टीज गर्ने एना सेक्स सिम्बोल बनिन्ः युक्रनेकी स्विमर एना वोलोशायनाले मात्र एउटा भिडियोको आडमा आफ्ना प्रशंसकको फौज खडा गरिदिइन् । तालिमको तयारीमा रहेकी एनाले आफ्नो बाथरोब निकै स्टाइलले उतारिन् । त्यो उतारेपछि उनको बिकिनी बडि देखियो । त्यसपछि उनी हाँस्दै बिस्तारै नाच्न थालिन् । उनका यी हर्कत भिडियोमा कैद थिए जसलाई उनले पछि आफ्नो इन्स्टाग्राम अकाउन्टमा हालिन् । भिडियोमा उनले क्याप्सन लेखिन्, ‘राम्रो प्राक्टिसको लागि राम्रो ह्युमर पहिलो शर्त हो ।’ एनाको सोसल मिडिया अकाउन्टमा उनका थुप्रै हट तस्बिरहरु छन् । उनको यो भिडियोले इन्टरनेटमा तहल्का मच्चाउन सफल भयो । ४. ओलम्पिक अधिकारीले हराएका थिए स्टेडियमको साँचो रियो ओलम्पिकका आयोजक त्यतिबेला तनावमा भए जब एक अधिकारीले स्टेडियमको साँचो हराए । साँचो खोज्न त्यहाँका सबै अधिकारीहरु लागिपरे पनि पाउन सकिएन जसका कारण बोल्ट काटेर ढोका खोलियो । हुन त रियो ओलम्पिक पूरा समय विवादले घेरिएको हुन्छ । उक्त घटना सार्वजनिक भएपछि ओलम्पिकका आयोजकले एउटा मात्र साँचो बनाएको भन्दै मानिसहरुले सोसल मिडियामा खिल्ली उडाएका थिए । ५. पाइन्टमा दिसा गरेपनि दौडिरहे खेलाडीः ओलम्पिक पदक जित्नका लागि मात्र होइन । यसका खेलाडीको इच्छाशक्ति, लगाव र जिजीविषाको समेत परिक्षण हुन्छ । यस्तै भयो ५० किलोमिटरको पैदल–रेसमा भाग लिएका फ्रान्सेली च्याम्पियन योहान डिनिजसँग । दौडमा भाग लिएका योहान पेटको समस्यासँग जुधिरहेका थिए र अन्तिम स्टेजमा पाइन्टमा नै दिसा गरिदिए । यस्तो अवस्थामा पनि नरोकीइ दौडिरहेको खबर पाएपछि सोसल मिडियामा मानिसहरुले उनको निकै तारिफ गरे। ६. भूलबस रियोको वेश्यालयमा पुगे अमेरिकी बास्केटबल खेलाडीः रियोको गर्मीबाट छुटकारा पाउनका लागि अमेरिकी बास्केटबल खेलाडीहरुले स्पा जाने योजना बनाए । डिमार डिरोजान, डेमारकस कजिन्स(बायाँ) र डिआन्ड्रो जोर्डन (दायाँ) रियोका निकै चर्चित स्पा सेन्टर ‘टर्मस मान्टे कार्लो’ गए तर यो त्यस्तो ठाउँ थियो जहाँ महिलाहरुले मसाजका साथै अरु थुप्रै कामहरु गर्दथे । त्यहाँ पुगेको केही समयपछि नै खेलाडीहरुले उक्त ठाउँ सही नभएको महसुस गरे र त्यहाँबाट तुरुन्त बाहिरिए । ७. जब पोर्न स्टार जस्ता देखिन थाले खेलाडीः थुप्रै खेलाडी टिभीमा देखिने इन्फो–बारको शिकार भए । वास्तवमा ब्रिटेनका टम डली र अमेरिकाका स्टील जनसन जब स्विमिङ ट्रंक लगाएर बसेका थिए टिभीले उनीहरुको अगाडि इन्फो–बार लगायो । उनीहरुले लुगा लगाए पनि नलगाएझैं देखिएको थियो र इन्फो–बारले उनीहरुको गोप्य अंग ढाकेको थियो । उनीहरुको यो तस्बिर सार्वजनिक भएपछि यी दुई खेलाडीको ट्वीटरमा ट्रेंड चलेको थियो । ८. किम जोंग उनजस्ता देखिने एक व्यक्ति चर्चाको विषय बनेः उत्तर कोरियाका तानाशाह किम जोंग उन संसारभरी कुख्यात छन् । अचम्म त त्यतिबेला भयो जब हंगकंग मूलका होवार्ड किम जोंगजस्तो चश्मा लगाएर स्टेडियममा देखिए । होवार्ड अष्ट्रेलियामा बस्छन् र उनी किमजस्तै देखिन्छन् । उनले थुप्रै्र पटक दर्शकलाई ‘मिडल फिंगर’ देखाए । उनका अनुसार थुप्रै मानिसहरुले उनलाई चर्चित गायक साई (गंगनम स्टाइल) ठानिरहेका थिए भने कतिले उनलाई किम जोंग भनेर झक्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप