मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठमेलको विकासमा तीन मन्त्रीको प्रतिबद्धता

शनिबार, १८ भदौ २०७३, ०८ : १८
शनिबार, १८ भदौ २०७३

काठमाडौँ– तीन भिन्न जिम्मेवारीमा रहनुभएका मन्त्रीले पर्यटकीय क्षेत्र ठमेलको विकास प्रवद्र्धनका लागि विशेष कार्ययोजना ल्याइनुपर्नेमा जोड दिएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का तर्फबाट शुक्रबार बधाई तथा शुभकामना ग्रहण गर्दै सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र उद्योगमन्त्रीले देशकै पहिचानसँग जोडिएको ठमेलको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरुले ठमेलको परम्परागत विशेषतालाई कायमै राखी आधुनिक पूर्वाधार विकास र पहुनालाई गुणस्तरीय सेवाको सुनिश्चत गर्न पनि सरोकार भएका निकायको ध्यानाकर्षण गराए । परिषद्ले सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, संस्कृतिमन्त्री जीवनबहादुर शाही र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई बधाई दिएको हो ।

सो अवसरमा सहरी विकासमन्त्री केसीले ठमेल क्षेत्रलाई विकृतिमुक्त बनाई पर्यटक आकर्षणका लागि आवश्यक पूर्वाधार निर्माण र गुणस्तरीय सेवा व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने बताए ।

संस्कृतिमन्त्री शाहीले ठमेल क्षेत्रको विकासका लागि भाषणभन्दा पनि काम गरेर देखाइने वचन दिए । उद्योगमन्त्री जोशीले ठमेल आफैँमा विशेषता बोकेको र देशकै पहिचानसँग जोडिएको महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यसको विकासका लागि लागिपर्ने बताए ।

कार्यक्रममा परिषद्का अध्यक्ष रामशरण थपलिया, रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घका अध्यक्ष समिर गुरुङ र पत्रकार ऋषि धमलाले ठमेलको पूर्वाधार विकास गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्नेतर्फ सबैको ध्यान जानुपर्ने औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप