मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हुम्लालाई मानसरोबरको प्रवेशद्वार बनाउँछु : पर्यटनमन्त्री शाही

आइतबार, १९ भदौ २०७३, ०७ : ३७
आइतबार, १९ भदौ २०७३

काठमाडौँ – पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै हुम्लालाई पवित्र तिर्थस्थल कैलास मानसरोबरको मुख्य प्रवेशद्वारा बनाउने बताएका छन् ।

शनिबार काठमाडौँमा हुम्ला समाजले अयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा मन्त्री शाहीले २०४६ सालपछि हुम्ला जिल्लाले कुनैपनि क्याबिनेट मन्त्री नपाएको भन्दै हुम्ली जनताले त्यो सपना पूरा भएको बताए ।

मन्त्री शाहीले आफ्नो कार्यकालमा कर्णालीकै पर्यटन सम्भावनलाई मुर्त रुप दिने भन्दै ‘अहिलेसम्म मन्त्री पदको दुरुपयोग गरेर घुसखोरी र माफियातन्त्र स्थापना गर्ने विरुद्ध लड्नेछु । हुम्ली जनताको शिर सधै ठाडो बनाईराख्ने छु’ उनले भने । अर्को प्रसंगमा विदेशी खादामाथि प्रतिबन्ध लगाउने निर्णय अर्को निर्णय नहुँदासम्म कार्यन्वयन नगर्ने भन्दै बरु सस्तो मुल्यमा नेपालमै खादा उत्पादन गर्नुपर्ने बताए । मन्त्री शाहीले हुम्लाका जनताले सामुहिक रुपमा राजधानिको बौद्धमा नाम्खा ख्युङ्गजोङ गुम्बा स्थापना गर्नका निमित्त गरेको प्रयत्नमा सकारात्मक भएको भन्दै यसका लागि मन्त्रालयबाट रकम निकासा गर्ने बताए ।

त्यसैगरी कार्यक्रममा हुम्लाकी सांसाद रीता शाहीले आफनो पक्षबाट जति सक्दो सहयोग गर्ने बताइन । हुम्लाका पूर्व जिविस सभापति लाल शाहीले हुम्ली जनताको सकारात्मक पहलमा आफनो समर्थन रहेने बताए ।

नेपाली कांग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकायाले पहिलो पटक हुम्लाले पाएको अबसरलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए । नाम्खा ख्युङ्गजोङ गुम्बा विनियम उपसमितिका अध्यक्ष राप्दन लामाले जिवनबहादुर शाहीले हुम्लाको मुहारलाई फेर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै सो समितिका सचिव अंगबहादुर लामाले हुम्लाबाट काठमाडौं आउने जनताको सहायताका निम्ति गुम्बा स्थापना गर्नुपर्ने धारणा राखे । सो समितिका सदस्य धनबहादुर लामाले हुम्ला जिल्ला जिल्लालाई गरिबी, भोकमरी र पिछडाको उपमाले परिचीत भएपनि अब अफुुलो यो परिचयलाई स्वर्गको टुकुरोमा बदल्नसक्ने क्षमता हुम्ली जनतमा रहेको बताए । त्यस्तै समितिका कुञ्छाङ लामा र चन्द्रवीर लामाले पनि आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप