बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ड्रग्स पछि रणबीर कपुरलाई लाग्यो रक्सीको लत, यस्ता कुलतले बिग्रियो यी चर्चित कलाकारको करियर

सोमबार, २० भदौ २०७३, १० : १७
सोमबार, २० भदौ २०७३
१. बलिउडका अभिनेता रणबीर कपुरले केही दिन अघि एक मिडियालाई दिएको अन्र्तवार्तमा आफूलाई रक्सीको लत लागेको स्विकार गरेका छन् । थुप्रै पटक उनले रक्सीको ग्लास समातेको र चुरोट पिइरहेको तस्बिरहरु मिडियाको क्यामराबाट लुक्न सकेको छैन। आफ्नो यही लतको बारेमा भोग म्यागजिनलाई दिएको अन्र्तवार्तामा रणबीर भन्छन्, ‘फिल्ममा भएका कारण मैले आफैंलाई ध्यानमा राख्न जरुरी छ । मलाई रक्सीको नराम्रो लत लागेको छ, यो मलाई थाहा छ। हुन त म सुटिङ वा कुनै काम गरेको बेला म रक्सी पिउँदिन तर जब म सुटिङ गरिरहेको हुँदिन, त्यतिबेला... ।’ यसैगरी सन् २०११ मा दिएको एक अन्र्तवार्तामा उनले ‘रकस्टार’ फिल्मको सुटिङको क्रममा आफूले ड्रग्स लिएको स्विकार गरेका थिए । उनका अनुसार फिल्मको एक दृश्य छायांकनका लागि उनलाई डर लागिरहेको थियो, त्यसैले ड्रग्स लिएको र पुनः सुटिङ गरेका थिए । यति नै बेला उनले आफू स्कूले जीवनदेखि नै लागुपदार्थ लिने गरेको बताएका थिए । यद्यपी, उनी अहिले यो दुव्र्यवसनीबाट टाढा छन् । १. दिव्या भारतीः सन् १९९२ मा उत्कृष्ट अभिनयका साथ दर्शकको प्रिय बनेकी दिव्या भारती पनि रक्सीको लतको शिकार थिइन् । यही लतका कारण उनको १९ वर्षको कलिलो उमेरमा मृत्यु भएको थियो । दिव्याको मृत्यु हुने समयमा उनकी डिजाइनर नीता लुल्ला उपस्थित थिइन् । निताको बयान अनुसार उनले आफ्नो ड्रेस फाइनल गर्नका लागि उनलाई आफ्नो घरमा बोलाइन् । जब निता उनको घर पुगिन् तब उनी नशाले मात्तिएकी थिइन् । लुगाको बारेमा कुरा गर्दा पनि उनी लगातार रक्सी पिइरहेकी थिइन् । केही समयपछि उनी झ्यालमाथि गएर बसिन् । निताले उनलाई तल आउनको लागि आग्रह गरिन् तर दिव्याले मानिनन् । केही बेर पछि उनी पाँचौ तल्लाबाट खसिन् जुन उनको मृत्युको कारण बन्न पुग्यो । ३. संजय दत्तः संजय दत्तले स्कूले जीवनमा नै लागुपदार्थको सेवन गर्न सुरु गरिसकेका थिए । सन् १९८१ मा उनकी आमा नरगिसको मृत्यु भएपछि संजयलाई लागुपदार्थको लत बसेको थियो । सन् १९८१ मा नै संजय दत्तको पहिलो फिल्म ‘रकी’ रिलिज भएको थियो । त्यतिबेला उनी २२ वर्षका थिए । पछि विधाता (सन् १९८२) सुपरहिट भयो । एकतर्फ उनको करियरको सुरुवात जोडतोडका साथ भइरहेको थियो भने अर्कोतर्फ उनले लागुपदार्थ राखेको निहुमा उनलाई ५ महिनाको जेल सजायँ भयो । त्यतिबेला उनलाई पिता सुनिल दत्तले उनलाई मुश्किल समयबाट निकालेका थिए । यसबाट छुटकारा पाउनका लागि उनलाई अमेरिकाको रिह्याब सेन्टरमा विशेष उपचार गराइएको थियो । त्यसको लगभग तीन वर्ष पछि सन् १९८५ मा संजयले फिल्म ‘जानकी बाजी’ बाट बलिउडमा पुनरागमन गरेका थिए । ४. धर्मेन्द्रः २५ वर्षको उमेरमा धर्मेन्द्रले फिल्म ‘दिल भी तेरा हम भी तेरे’ (सन् १९६०) मार्फत आफ्नो बलिउड यात्राको थालनी गरेका थिए । ‘सत्यकाम’, ‘सोले’, सीता और गीता’, ‘द बर्निंग ट्रेन’, ‘नसिब’, ‘आसपास’ र ‘रजिया सुल्तान’ जस्ता थुप्रै हिट फिल्ममा अभिनय गर्ने धर्मेन्द्र आज पनि बलिउडमा सक्रिय छन् । सन् २०१२ मा फिल्म ‘यमला पगला दिवाना–२’ को प्रोमोसनको दौराना गरिएको अन्र्तवार्तामा उनले रक्सीको लतले आफ्नो करियर बिग्रिएको स्विकारेका थिए । उनले भनेका थिए, ‘हुन त म आजकाल पिउँदिन तर रक्सीको लतले मैले आफ्नो करियरलाई बर्बाद बनाएको हुँ ।’ उनका अनुसार उनले १५ वर्षको हुँदादेखि आफू लगातार रक्सी पिउँदै आएका छन् । ५. राजेश खन्नाः लगातार १५ वटा हिट फिल्म दिएपछि राजेश खन्नाले पनि आफ्नो स्टारडम सम्हाल्न सकेका थिएनन् जसकारण उनी रक्सीको आदी भए । उनको घरमा दैनिक पार्टी हुन्थ्यो र उनी आफ्ना साथीहरु निकै रक्सी पिउँथे । आराधना, अमर प्रेम, आनन्दजस्ता थुप्रै सुपरहिट फिल्म दिएका राजेशले जीवनको अन्तिम समयसम्म रक्सी छोड्नै सकेनन् । अत्यधिक रक्सी पिएका कारण उनको फोक्सो खराब भयो जसका कारण उनलाई कयौं पटक अस्पताल भर्ना गरियो । सन् २०१२ जुलाईमा उनको निधन भयो । ६. मीना कुमारीः मीना कुमारी बी–टाउनकी यस्ती नायिका हुन् जसको अनस्क्रिन लाइफभन्दा अफस्क्रिन लाइफ बढि चर्चामा रह्यो । आफ्नो करियरमा निकै सफल भएपछि र श्रीमान् कमाल अमरोहीसँग सम्बन्धविच्छेद पछि मीना कुमारी रक्सीको लतमा फसेको बताइन्छ । उनले रक्सीको नशामा नै सुटिङ गर्ने गरेको र रक्सी नपिई एउटा पनि सट दिन नसक्ने पनि धेरै मानिसहरुले बताउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप