बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संसारको सबैभन्दा वृद्ध महिलाको ११९ वर्षमा निधन

सोमबार, २० भदौ २०७३, १२ : ४४
सोमबार, २० भदौ २०७३

फु सुक्विंग, संसारको सबैभन्दा वृद्ध महिलाको गत शनिबार मृत्यु भएको छ ।

दक्षिण पश्चिम चीनको सिचुवान प्रान्त छेङ्डुमा बस्ने फुको नीजि निवासमा स्थानीय समय बिहान ८ः३५ मा मृत्यु भएको हो ।

फुको आकस्मिक निधनले उनका आफन्तलाई शोकाकुल बनाएको छ । अन्तिमपटक फुलाई भेट्न नपाएकोमा उनको परिवार अहिले पछुताइरहेका छन् ।

फुकी खनातीनी लेङ तिङका अनुसार फुको मृत्यु यति अकास्मात् थियो कि उनले अन्तिम पटक कसैलाई केही पनि भन्न पाइनन् । उनी भन्छिन्, ‘शनिबार बिहान ८ बजेसम्म सबै ठिक थियो । जब ब्रेकफास्टको समय भयो तब उनले खान अस्विकार गरिन् । हामीले निकै कर गर्यौं तर उनले आफूलाई केही पनि खान मननलागेको बताइन् । त्यसकारण हामीले उनीबिना नै खायौं । यत्तिकैमा हामीले उनलाई कोठामा ढलिरहेको देख्यौं । उनको आँखा खोलिएका थिए, उनले सास फेरेकी थिइनन् ।’

यो वर्षको सुरुवातदेखि नै फूको स्वास्थ्य खराब हुन थालेको लेङले बताइन् ।

फू सुक्विंग जियानयांगमा जन्मिएकी थिइन् र उनी ४० वर्षपहिले सुवाङलिउमा श्रीमानसँगै सरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप