बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुरुष मित्र, यस्ता समस्या छन् ? बेवास्ता नगर्नुहोस्, ठूलो रोगको सूचक हुनसक्छ

सोमबार, २० भदौ २०७३, १३ : २१
सोमबार, २० भदौ २०७३
इन्टरनेशनल जर्नल अफ क्लिनिकल प्राक्टिसको एक रिपोर्ट अनुसार पुरुष धेरैजसो सानोतिनो समस्या जस्तै पटक–पटक पिसाब लाग्नु, सानो कुरामा पनि तनाव हुनु, छोटो सास आउनुजस्ता लक्षणलाई बेवास्ता गर्छन् । तर धेरैपटक यी साना लक्षण कुनै ठूलो रोगको सूचक हुनसक्छ त्यसकारण हामी आज तपाईंलाई यस्ता समस्याबारे बताउँदैछौं जसलाई ध्यानमा राखे ठूलो समस्याबाट बच्न सकिन्छ । कपाल झर्नुः धेरैजसो पुरुषको कपाल एक समयपछि झर्न सुरु गर्छ । तर समय अगावै कपाल झर्न सुरु भए थाइराइड र तनावको संकेत हुनसक्छ । धेरै दिनदेखि कपाल झर्न नरोकिए तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् । २. इरेक्टाइल डिसफंक्सनः इरेक्टाइल डिसफंक्सनको प्रमुख कारण मधुमेह हो । तर मृगौला र फोक्सोको जटिल रोग पनि यसको कारण हुनसक्छ । त्यसकारण बेलैमा सचेत हुनुहोस् । ३. पिसाब फेर्न समस्याः पिसाब फेर्दा यदि तपाईंलाई दुख्छ वा पिसाबमा रगत आउँछ भने कि त तपाईंको प्रोस्टेट ठूलो भएको हुनुपर्छ वा प्रोस्टेट क्यान्सरजस्तो गम्भीर समस्याको संकेत हुनसक्छ । ४. कब्जियत, झाडाः लामो समयसम्म कब्जियत र झाडा ठिक भएन भने यो पेटको टीबी, इरिटेबल बाउल सिन्ड्रोम वा एड्सजस्ता रोगको संकेत हुनसक्छ । ५. छातीमा गाँठोः यदि तपाईंको छातीमा कुनै प्रकारको गाँठो छ भने यो पुरुषको स्तन क्यान्सरको संकेत हुनसक्छ । यसलाई बेवास्ता गर्दा समस्याले ठूलो रुप लिने गर्दछ । ६. दाँतबाट रगत आउनेः एडल्ट डेन्टल हेल्थको सर्वेक्षण अनुसार पुरुषहरुमा यो समस्या महिलाभन्दा बढी हुन्छ । लामो समयसम्म दाँतबाट रगत आउँछ भने यो मधुमेह र मुटुको समस्याको कारण बन्न सक्छ । ७. थकानः पुरुषमा थकानको कारण स्ट्रेस पनि हुनसक्छ । यसलाई बेवास्ता गरे मधुमेह, फोक्सोको क्यान्सर र मुटुको समस्याको खतरा बढ्ने गर्दछ । ८. छोटो सास आउनुः हिँड्दा र थोरै काम गर्दा नै सास लिन समस्या हुन्छ भने यो दम, रक्तअल्पत्ता वा मुटुसँग जोडिएको रोगका कारण हुनुसक्छ । पुरुषमा यस्तो समस्या धेरै हुन्छ । यसलाई बेवास्ता नगर्नुहोस् । ९. घुर्नेः धेरैजसो पुरुषहरु बेस्सरी घुर्ने गर्दछन् । यो निन्द्रा पुरा नभएको र थकानको संकेत हुनसक्छ । लामो समयसम्म यस्ता समस्या भइरहे एलर्जी, स्लिप आप्निया डिसअर्डरको खतरा हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप