बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भाग्यमानी रामकृष्ण भण्डारी जसले अबुधाबीमा जिते १० करोडको चिट्ठा, बने रातारात करोडपती

सोमबार, २० भदौ २०७३, १६ : १६
सोमबार, २० भदौ २०७३
काठमाडौं । भाग्य भएपछि डोकोमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ । सायद यी उक्ति कोही सिमित व्यक्तिको जीवनमा चरितार्थ होलान् । एक नेपालीलाई भाग्यकै खेलले खाडी पुर्यायो र भाग्यकै खेलले अहिले उनी करोडपती बनेका छन् । यहाँ कुरा हुँदैछ एक नेपाली नागरिक रामकृष्ण भण्डारीको जसले विदेशी भूमिमा १० लाख अमेरिकी डलर (१० करोड ७० लाख नेपाली रुपैयाँ) को चिट्ठा जितेर भाग्यमानी भएका छन् । संयुक्त अरब इमिरेट्स युएई अबुधाबीको एक कम्पनीमा कार्यरत भण्डारीले ‘सेन्सेसनल बिग टिकट ड्र १७१’ मा मोटो रकमको चिट्ठा आफ्नो पोल्टामा पार्न सफल भएका छन् । डिएफएस अबुधाबीको वेबसाइटमा सेप्टेम्बर ५ तारिख सोमबारका दिन चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो जसको शीर्ष स्थानमा नेपाली नागरिक रामकृष्ण भण्डारीको २३४१७ टिकट नम्बर परेको थियो । भण्डारीलगायत अन्य १४ जना बिजेताको नाम पनि उक्त सूचिमा प्रकाशित गरिएको छ । बिजेता १५ जनामध्ये १० जना भारतीय रहेका छन् भने अन्य दुई फिलिपिन्सका नागरिक रहेका छन् । एक पाकिस्तानी र एक जिम्बाब्वेका नागरिकलेसमेत चिट्ठा जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप