बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कल्याणकारी कोषमा जुट्दै मगर कलाकारहरु

सोमबार, २० भदौ २०७३, १९ : २५
सोमबार, २० भदौ २०७३

सेवा नै धर्म हो भन्ने मुल अभिप्रायले नेपाल मगर सांस्कृतिक संघ मगर कलाकार कल्याणकारी कोष स्थापना को लागी एक भएका छ्न ।

मगर कलाकारहरुलाई आउन सक्ने भबितब्यलाई केहि सहयोग गर्ने भावना, सबै मगर कलाकारहरुलाई एक बनाउने उदेश्यले स्थापना गर्न लागिएको  हो  ।

 कल्याणकारी कोषलाई मगर चलचित्र प्रतिबिम्बका नायक , सञ्चारकर्मी तथा लोक दोहोरी गायक मधुसुदन थापा मगरको अगुवाईमा संकलित नब्बे हजार रुपैया रकम आज नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष कबिराज थापा मगर,कोषाध्यक्ष निता पुनमगर र अन्य पदाधिकारीको उपस्थितिमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो ।

 मगर कलाकार र अन्य शुभचिन्तकहरु को सहयोगमा उक्त रकम संकलन गरिएको नायक मधुसुदन थापाले जानकारी गराउनु भयो । थापाले अगाडी थप्नु भयो यो हाम्रो अभियानको रुपमा अगाडि बढ्नेछ ।

नेपालको लोक सांगीतिक क्षेत्रमा मगर कलाकारहरुको बाहुल्यता रहेको यो अवस्थामा यो अभियानले ठुलो उपलब्धि हासिल गर्नेमा अध्यक्ष कबिराज थापा बिश्वस्त हुनुहुन्छ ।

एक मगर कलाकारले आफुले पाएको केहि रकम मात्र दिए यो अभियानले सयौंको ज्यान बचाउन महत्त्वपूर्ण साबित रहन सक्छ। कोषाध्यक्ष निता पुनमगरले यो आफ्नै काम यो भनी सहयोग गर्न देश तथा बिदेशमा रहेका सम्पूर्ण शुभचिन्तकहरुलाई आग्रह गर्नुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप