बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आमाचकारी गालीपछि ओबामा र फिलिपिन्सका राष्ट्रपतिबीच भेटघाट रद्द

मङ्गलबार, २१ भदौ २०७३, ०९ : ४०
मङ्गलबार, २१ भदौ २०७३

फिलिपिन्स – फिलिपन्सका विवादस्पद राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आमाचारी गाली गरेपछि दुई नेताबीच हुने भनिएको भेटघाट रद्द भएको छ । बिबिसीका अनुसार रोड्रिगोले ओबामालाई ‘र** को छोरा’ भनेका थिए । ओबामाले लागुऔषधसँग सम्बन्धित गैरन्यायीक हत्याको कुरा उठाउने भएपछि डुटेर्टेले ओबामालाई गाली गरेका थिए ।

ड्रग्स कारोबारीहरुलाई मार्न निर्देशन दिएका डुटेर्टेले भने, ‘पुटाङ इना (र** को छोरा) म त्यही फोरमलाई गाली गर्नेछु ।’ दुवै नेता लाओसमा हुने एसोसिएसन अफ साउथइस्ट एसेयिन नेसनस् (एसिएन) मा भेट्ने तयारी गरिएको थियो ।

ओमबाका सहयोगीहरुले अब उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेट्ने बताए । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता नेड प्राइसले अमेरिकी राष्ट्रपतिले पार्क गेउन हिलाई भेट्ने जानकारी दिए । जी–२० बैठक पछि लाओस पुगेका थिए । उनले त्यहाँ फिलिपिन्समा भइरहेको मानवअधिकार उल्लघंनका घटनाबारे चाँसो व्यक्त गरेका थिए । तर, मनिलामा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकाको कडा आलोचना गरेका थिए । उनले आफू राष्ट्रपति भएपछि लागुऔषधविरुद्धको कारवाहीमा २४ सय लागुऔषध कारोबारी मारिएको जानकारी समेत दिए । उनले भने, ‘यो अभियान रोकिनेछैन । सडकबाट लागुऔषध कारोबारीको नामो निसान नमेटेसम्म अझै मारिनेछन् ।’ ओबाले शुरुमा डुर्टेटेको प्रतिक्रियाबारे खासै ठूलो प्रतिक्रिया जनाएनन् । उनले यतिबेला रचनात्मक र तार्किक छलफलको आवश्यक भएको बताएका थिए ।, तर, पछि छलफल रद्द गरिएको थियो । डुटेर्टेले यसरी कुनै शीर्ष व्यक्तित्वलाई गाली गरेको यो पहिलो अवसर भने होइन । उनले यसअघि पोन फ्रान्सिसलाई पनि आमाचकारी शब्दमा गाली गरेका थिए भने अमेरिकी सेक्रेटरी अफ स्टेट जोन केरीलाई पागल र फिलिपन्सका लागि रहेका अमेरिकी राजदूतलाई ‘र** को समलिंगी छोरा’ भनेर गाली गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप