बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारतीय मूलकी प्रियंका बनिन् ‘मिस जापान’, भड्कियो विवाद

बुधबार, २२ भदौ २०७३, ११ : १७
बुधबार, २२ भदौ २०७३
भारतीय मूलकी प्रियंका योशीकावा ‘मिस जापान’ भएपछि विवाद सुरु भएको छ । भारतीय पिता र जापानी आमाकी छोरी प्रियंका मिस जापान छानिएपछि जातीय समानतामा बहस सुरु भएको छ । यसअघि जापानलाई प्रतिनिधित्व गर्ने अरियाना मियामोतो पहिलो अश्वेत महिला थिइन् जसले ‘मिस जापान’ को ताज पहिरेकी छिन् । यसका लागि विभिन्न आलोचनाको सामना गरेपछि प्रियंका योशीकावालाई यो उपाधि प्रदान गरिएको हो । लगातार रुपमा दुई अश्वेत महिलालाई मिस जापान बनाएपछि जापानको सोसल मिडियामा ट्रेन्ड सुरु भयो, ‘मिस युनिभर्स जापान पूर्ण रुपमा जापनी हुनुपर्छ, आधा होइन ।’ प्रियंका योशीकावाले एफपीसँग गरेको एक साक्षात्कारमा भनिन्, ‘अरियानाभन्दा पहिले मिश्रित जातीयताका महिलाहरुले जापानको प्रतिनिधित्व गर्न सक्दैनथिन् ।’ जापानको राजधानी टोकियोमा जन्मिएकी प्रियंका आफू आधा भारतीय र आधा जापानी भएकोमा गर्व गर्छिन् । उनी भन्छिन्, ‘हामी जापनी हौं । हो, म आधा भारतीय हुँ । मेरो पिता भारतीय हुन् र मलाई यसमा गर्व छ । तर यसको अर्थ म जापानी नै होइन भन्ने होइन ।’ २२ वर्षीया प्रियंकाले अब डिसेम्बरमा वासिङ्टनमा हुने मिस वल्र्डमा जापानको प्रतिनिधित्व गर्नेछिन् । उनीसँग हात्तीलाई प्रशिक्षण गर्ने लाइसेन्स पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप