बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा अहिलेसम्मकै भयंकर बाढीः ६० को मृत्यु, १५ बेपत्ता, ४४ हजार बेघर

बुधबार, २२ भदौ २०७३, ११ : ५४
बुधबार, २२ भदौ २०७३

उत्तर कोरियामा केही दिन अघि आएको बाढीले ६० जनाको ज्यान लिएको छ भने ४४ हजार मानिस बेघर भएका छन्, कोरियाली समाचार एजेन्सी (केसीएनए) ले शनिबार सार्वजनिक रिपोर्टले बतायो । योभन्दा पहिले उत्तर कोरियाली सरकारले उत्तर पश्चिम नदीमा अहिलेसम्मकै सबैभन्दा भयंकर बाढी आएको सूचना सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रका मानवीय मामलाको समन्वय कार्यालयले एक बयानमा बताए अनुसार मुसान र होरयोंगसहित आसपासको इलाका निकै नराम्रो तरिकाले प्रभावित भएको छ जसका कारण ६० मानिसहरुको मृत्यु हुनुका साथै १७ हजार १ सय ८० घर बगाएको छ भने देशको पाँच प्रतिशत जनसंख्या बेघर भएको छ ।

तुमेन नदी उर्लिएर आउँदा यसले देशका ‘ओन्सोङ, क्योङ्सोग, क्योंगवन, योङ्सा र ह्वादे’ प्रान्त प्रभावित भएका छन् ।

उत्तर कोरियाली सरकारको हाइड्रो–मौसम विज्ञा प्रशासनका अनुसार गत सोमबारदेखि अत्यधिक पानी पर्न सुरु गरेको थियो । त्यसपछिका केही दिनसम्म देशका केही भागमा ३२० मिलि पानी परेको थियो ।

केसीएनएको रिपोर्ट अनुसार होइरयोंगमा १५ जना मानिसहरु हराइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप