बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यी बालिकाको १०० वर्ष अघि मृत्यु भइसक्यो तर किन अहिलेसम्म आँखा झिम्काउँछिन् ? (भिडियोसहित)

बुधबार, २२ भदौ २०७३, १३ : २३
बुधबार, २२ भदौ २०७३
तपाईंले कहिले सिसिलीस्थित क्यापुचिन क्याटाकम्ब्सको नाम सुन्नुभएको छ ? यो एउटा यस्तो संग्रहालय हो जहाँ संसारभरिबाट लगभग ८ हजार मम्मीहरुलाई जोगाएर राखिएको छ । यीमध्ये सबैभन्दा चर्चित छ इटालीकी बालिका रोजलिया लोम्बार्डोको रहेको छ । बालिका रोजलियाको मृत्यु सन् १९२० मा भएको थियो । अनुसन्धानका अनुसार उनी दुई वर्षको हुँदा निमोनियाका कारण उनको मृत्यु भएको थियो । उनका बुवा मारियो लोम्बार्डो छोरीको आकस्मिक निधनमा शोकाकुल भए । दुईवर्षे छोरीलाई मृत्युपश्चात् पनि हेरिरहने उद्देश्यले उनले सिसिलीका चर्चित ‘इम्बाल्मर’ एल्फ्रेडो सालाफियालाई छोरीलाई सधैंका लागि जोगाएर राखिदिन आग्रह गरे । हुन त यी बालिकाबारे धेरै जानकारी त छैन, तर धेरै मानिसहरुले उनलाई ‘स्लिपिङ ब्यूटी’ भन्ने गर्छन् । उनलाई क्यापुचिन क्याटाकम्ब्सले निकै राम्रो तरिकाले जोगाएर राखेको छ । उनलाई घाँटीसम्म ब्ल्याङ्केटले छोपिएको उनलाई हेर्दा यस्तो लाग्छ कि उनी आफ्नो कफिनमा मस्तले निदाइरहेकी छिन् । ब्ल्याङ्केट माथिको उनको शान्त अनुहारमाथि उनको खैरो घुम्रिएको कपालले फ्रेम लगाएको छ । उनको कपालमाथि रिबनसमेत लगाइएको छ । तर अचम्मको कुरा के छ भने धेरै मानिसहरुको यो विश्वास छ कि उनले दिनमा थुप्रै पटक आँखा झिम्काउँछिन् । यहाँ दिइएको यो तस्बिर दुई घण्टाको बिचमा खिचिएको हो जुन सबैलाई चकित गराइदिने किसिमको छ । तर यसबारे एक मानिसले व्याख्या गरेका छन् । एक अन्र्तवार्तामा क्यापुचिन क्याटाकम्बका क्यूरेटर (रक्षक) डारियो पियोम्बिनो–मास्कालीले यसलाई दृष्टिभान्तीको संज्ञा दिएका छन् । उनले भन्छन्, नजिकैको झ्यालबाट आउने प्रकाशले मानिसहरुलाई दृष्टि सम्बन्धि भ्रम पैदा गर्दछ । दिउँसो यो भ्रम परिवर्तन हुन्छ ।’ ‘रोजलियाको आँखा पूर्ण बन्द छैनन्, मृत्युका बेला पनि उनको आँखा पूर्ण बन्द भएको थिएन । त्यसकारण मानिसले उनको निलो आँखा हेर्न सक्छन् ।’ प्रकाशका कारण नै रोजलियाको आँखा कहिले खोलिएको र कहिले बन्द जस्तो देखिने गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप