मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वन्यजन्तु असुरक्षित भएपछि निकुञ्ज आसपासका होटलको निगरानी

बुधबार, २२ भदौ २०७३, १६ : ४४
बुधबार, २२ भदौ २०७३
  चितवन–  चितवन राष्टिको निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि चितवन निकुञ्जले निगरानी थालेको छ । जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट लागेर दुर्लभ एक सिङ्गे गैँडा मरेपछि निकुञ्जले होटलको निगरानी थालेको हो । निकुञ्ज आसपास पश्चिम क्षेत्रमा सुविधायुक्त दर्जनौँ होटल खुलेका छन् । चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराइ अगाडि यही साउन २४ गते डुङ्गा बनाउने क्रममा छाडिएको करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । सो घटनामा निकुञ्जले पक्राउ गरेका नौ जनामध्ये अदालतको आदेशअनुसार दुई भारतीयसहित चार जना पुर्पक्षका लागि थुनामा छन् । “हामीले होटलको कडा निगरानी थालिसकेका छौँ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने– “होटलको अनुगमन गरेर हरेक गतिविधि जानकारी लिने तयारी समेत भएको छ ।” वन, वन्यजन्तु र जैविक विविधताका विरुद्धका कुनै पनि गतिविधि भए कारबाहीको दायरामा ल्याउने गरी अनुगमन हुने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्ज नजिक मध्यवर्तीसँग जोडिएको पश्चिम क्षेत्रमा मेघौली सेराइ, कसरा रिसोर्ट, गोलाघाट रिसोर्ट, टाईगर ल्यान्ड, जङ्गल भिल्ला, सफारी नारायणी, इको वाइल्डलाइफ रिसोर्ट, मचान प्याराडाइज, राइनो रिसोर्ट, सेन्ट्रल पाम जङ्गल रिसोर्ट, होटल बाराहीलगायत छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप