बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ख्र्रिस्टियन महासङ्घ अध्यक्षमा गहतराज

बिहीबार, २३ भदौ २०७३, १८ : २४
बिहीबार, २३ भदौ २०७३
  काठमाडौँ– राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सिबी गहतराज अध्यक्षमा निर्वाचित भएका छन् । यही भदौ २२ र २३ गते यहाँ सम्पन्न महाधिवेशनले दुईवर्षीय कार्यकालका लागि प्रादेशिक संरचनासहितको १५१ केन्द्रीय समिति चयन गरेको छ । कार्यसमितिमा अध्यक्षसहित छ सहअध्यक्ष, ११ उपाध्यक्ष, एक महासचिव, सचिव र कोषाध्यक्ष गरी ३७ पदाधिकारी छन् । निर्वाचित भएपछि अध्यक्ष गहतराजले ख्रिस्टियन समुदायलाई समाधिस्थल व्यवस्थाका लागि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिने बताए । “सरकारले क्रिसमसका दिन दिँदै आएको सार्वजनिक बिदालाई कुण्ठित गरेकामा हाम्रो आपत्ति छ, यसलाई सच्याउन माग गर्दछु” उनले भने । गहतराज यसअघि महासङ्घका महासचिव थिए । मुलुकभरबाट आएका महाधिवेशन प्रतिनिधिको भेलाले ख्रिस्टियन समुदायको अस्तित्व पहिचान स्थापित गर्ने लगायत १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । भेलाले नेपालभर रहेका ख्रीस्टियन समुदायको पवित्र धार्मिकस्थल र चर्चलाई स्वतन्त्र गुठीका रुपमा व्यवस्था गरी धार्मिक अधिकारको सुनिश्चितता एवम् उत्थान र विकासका लागि अविलम्ब राष्ट्रिय ख्रिस्टियन आयोग गठन गर्न माग गरेको छ । घोषणापत्रमा धार्मिक हकसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै अल्पसङ्ख्यक धार्मिक समुदायको स्वतन्त्रतासम्बन्धी हकलाई स्थापित गरी सबै धार्मिक आस्थाको सम्मान गर्नेलगायत माग गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप