बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

न्यूनतम पारिश्रमिक लागू नभए आन्दोलन गर्ने महासंघको चेतावनी

बिहीबार, २३ भदौ २०७३, १८ : ३७
बिहीबार, २३ भदौ २०७३
  भक्तपुर–  नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासङ्घले आन्दोलन गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले सञ्चारगृहले तत्कालै न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे महासङ्घले चरणबद्ध रुपमा सञ्चारगृह केन्द्रित आन्दोलन गर्ने बताए । पत्रकार बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका विषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयनतर्फ सरकारलाई तत्कालै कदम चाल्न उनले आग्रह गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपालमा औँलामा गन्न मिल्ने सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम आर्थिक सङ्कटमा रहेकाले मिडियालाई आर्थिक रुपमा सबल पार्न नसके समस्या नसुल्झने बताउँदै पत्रकारिता क्षेत्रमा युवा पुस्ताको आकर्षण बढे पनि केही वर्ष काम गरेपछि भविष्य अन्धकार देखेर यस क्षेत्रबाट पलायन हुने क्रम उत्तिकै बढेकामा चिन्ता व्यक्त गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप