बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विकासमा पहिचान सहित अगाडि वढ्नु पर्छः मन्त्री जवेगु

बिहीबार, २३ भदौ २०७३, १८ : ५१
बिहीबार, २३ भदौ २०७३
प्यूठान– संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्री प्रसाद जवेगुले प्यूठान जिल्लाको विकासमा पहिचन सहित अगाडि बढ्नु पर्ने बताए । माओवादी केन्द्र प्यूठान नगरपालिक नगरकमिटिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री जवेगुले बाढी पहिरोबाट बढि क्षति भएको प्यूठान जिल्लाको विकास र पुर्ननिर्माणका लागि वर्तमान सरकारले ध्यान दिने बताए । प्यूठानकै मुटु केन्द्र मानिने झिमरुक फाटँको अवलोकन गरेपछी झिमरुक नदी कटानलाई तत्काल व्यवस्थापन गर्ने र भावि दिनहरुमा खेतीयोग्य जमिनलाई जोगाइ राख्न आवश्यक अनुसार तटबन्द निर्माण गर्नका लागि पनि पहल लिने बताए । पुर्न निर्माणसंगै जिल्लाको समग्र विकासका लागि वर्तमान सरकारले विशेष ध्यान दिने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप