बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई अपहरण गरे, कुटे, चरम यातना दिएः जेलमुक्त भएपछि मारिदिए

शुक्रबार, २४ भदौ २०७३, ०९ : १५
शुक्रबार, २४ भदौ २०७३
यस वर्षको ग्रीष्म ऋतु सबैको लागि उज्यालो भएन । वातावरण चम्किलो भएपनि टियर्ने एविंगको जीवनमा निकै अँध्यारो छाएको थियो । श्रीमानको चिसो भावनाले उनको वैवाहिक सम्बन्धमाथि तुषारापात छाएको थियो । उनी ११ दिनसम्म आफ्नै श्रीमानको यातनाको शिकार बनिन् । केविन एविंगले उनलाई अपहरण गरे, कुटे, दराजमा थुने, बन्दुकले टाउकोमा प्रहार गरे, तातो लट्ठीले जलाइदिए र घाँटीमा डोरी बोरिएको अवस्थामा सुत्न बाध्य बनाए, पेन्सिल्भानियाका प्रहरी अधिकारीले बताए । एकपटक भन्दा बढी उनले टियर्नेलाई बाथटबमा राखेर बन्दुक तेर्साए, दुबैलाई गोली हान्ने धम्कीसहित । गत जुलाई ८ तारिखमा केभिनले उनलाई बैंक जान अनुमती दिए, त्यही अनुमती उनको लागि भाग्ने आधार बन्यो । उनी निकै डराएकी थिइन् त्यसरकारण बैंकका टेलरलाई उनले पुलिस बोलाउन आग्रह गरिन् । पुलिसको आगमनपछि उनी उक्त भवनलाई छोड्न डराइरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘म मर्न चाहन्नँ।’ त्यहि दिन केभिनलाई पक्राउ गरियो । उनीमाथि अपहरण, हमला, आतंककारी धम्की, अवैध रुपमा हातहतियार राखेकोलगायत अन्य अपराधका मुद्दा दर्ता भयो । दुई महिना नबित्दै १ लाख अमेरिकी डलर धरौटीमा उनी रिहा भए । जेलमुक्त भएपछि उनले आफ्नी भागेकी श्रीमतीलाई पुनः अपहरण गरे । यसपटक उनले आफ्नो धम्कीलाई वास्तविकतामा परिणत गरे । गत अगस्ट ३० तारिखमा टियर्नेलाई एक गोठमा गोली हानेको अवस्थामा भेटियो । उनका श्रीमानले पनि आफूलाई टाउकोमा गोली हानेका थिए । उनको मृत्युले अहिले वासिङ्टनमा निकै ठूलो विवाद खडा गरिदिएको छ । टियर्नेको हत्यालाई सम्भावित रुपमा रोक्न सकिने त्रासदि बताउने जिल्लाका वकिल युगेन भिटोनले कहाँ गल्ती भयो भनेर अनुसन्धान थालिएको जानकारी दिए । ‘हामीले घटनासँग सम्बन्धित सम्पूर्ण तथ्यमाथि छानबिन गरी सिस्टमलाई कहाँनिर सच्याउन सकिन्छ भन्ने बारे बिचार गरिरहेका छौं,’ उनले भने । ‘हामीले सम्भवतः यस्ता घटनासँग सम्बन्धित कसलाई धरौटीमा रिहा गर्ने र कसलाई नगर्ने भन्ने विषयमा सोच्नुपर्ने देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप