बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ओबामा भन्छन्, ‘ट्रप अमेरिकी राष्ट्रपति बन्न लायक छैनन्’

शुक्रबार, २४ भदौ २०७३, ०९ : ४८
शुक्रबार, २४ भदौ २०७३

लाओस । अमेरिकी राष्ट्रपति बराक ओबामाले गणतान्त्रिक उम्मेद्वार डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बन्न लायक नभएको बताएका छन् ।

लाओसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति ओबामाले ट्रम्पले निकै विवादास्पद बयान दिने गरेको बताउँदै उनी राष्ट्रपतिको दौडका लागि योग्य नभएको बताए ।

‘मलाई लाग्दैन कि यी व्यक्ति अमेरिकाको राष्ट्रपतिको प्रतिस्पर्धाका लागि योग्य छन् । जतिबेला उनले केही बोल्छन्, त्यो विवादास्पद भइरहेको हुन्छ,’ गत बुधबार ट्रम्पले दिएको अभिव्यक्ति बारे ओबामालाई प्रश्न गर्दा उनले यसो भने ।

‘आफूले व्यवहारमा लागु गर्न सक्ने विषयमा मात्र कसैले बोल्नुपर्छ,’ ओबामाले भने ।

आफूले नोभेम्बरको चुनाव जिते अमेरिकाका थुप्रै अधिकारीलाई पदमुक्त गराउने सम्भावना रहेको ट्रम्पले बताएका थिए । ‘बराक ओबामा र हिलरी क्लिन्टनको नेतृत्वमा केही अधिकारीलाई हटाइनेछ, ’ उनले भने ।

रसियामा ‘ठूलो पकड’ बनाउन सफल भएको बताउँदै ट्रम्पले पुटिनको प्रशंसा गरेका छन् । यस विषयमा ओबामा पुटिनभन्दा ठ्याक्कै उल्टो भएकोसमेत उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप