बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारको शिकार बने कपिल शर्मा, मोदीलाई सोधे, ‘के यहि हो तपाईंको ‘अच्छे दिन’’ ?

शुक्रबार, २४ भदौ २०७३, १२ : २१
शुक्रबार, २४ भदौ २०७३
आफ्नो कार्यक्रम ‘द कपिल शर्मा सो’ बाट दर्शकहरुलाई पेट मिचिमिचि हसाउँने चर्चित भारतीय हाँस्यकलाकार कपिल शर्मा भ्रष्टाचारको शिकार भएका छन् । यसै विषयमा ‘कमेडीका किंग’ भनेर चिनिने कपिल शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत आफ्नो उजुरी दर्ता गरेका छन् । कपिलले आफ्नो ट्वीटर अकाउन्टमा लेखे अनुसार उनले पछिल्लो ५ वर्षदेखि २४ करोड रुपैयाँ आयकर बुझाउँदै आएका छन् । यति हुँदा हुँदै पनि आफ्नो अफिस बनाउनका लागि उनीसँग ८ लाख रुपैयाँ घुस मागिएको छ । उनले अर्को ट्वीट गर्दै लेखेका छन्, के यो हो तपाईंको ‘अच्छे दिन’ ?’   कपिलले स्रोतलाई भने, ‘बीएमसीमा अनुमती लिनका लागि मैले एक वर्षसम्म कुर्नुपर्ने बताइयो । यदि मैले एक वर्षसम्म नकुरी चाँडै नै आफ्नो काम गर्न चाहे मैले घुसस्वरुप ८ लाख रुपैयाँ दिनुपर्छ । यद्यपी मैले घुस दिन हुँदैनथ्यो, यो गलत हो, तरपनि मैले यसो गरें । तर यति गर्दागर्दै पनि भनेको समयमा मेरो काम भएन, मसँग अझै पैसा मागियो ।’ उनले बीएमसीको अफिसमा काम हुन अझै कति समय लाग्छ भनेर चिट्ठी लेखें उनीहरुले जवाफमा ८ लाख थप रकम चाहिने बताए । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीरले कपिललाई दोषीले अवस्य सजायँ पाउने ट्वीटरमार्फत जानकारी गराए । बीएमसीमा शिवसेनाका ग्रुप लिडर तृष्णा विश्वासरावका अनुसार जसले पैसा मागेका छन् उसले गलत काम गरेका हुन् । ती व्यक्ति कारवाहीको दायराभित्र आउने उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप