बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक पुलिस कन्स्टेबल जसले लेखे बार बार देखो फिल्मको ‘काला चस्मा’ गीत

आइतबार, २६ भदौ २०७३, १४ : ०१
आइतबार, २६ भदौ २०७३

के तपाईंले ‘काला चस्मा’ भन्ने गीत सुन्नुभएको छ ? यो ९० को दशकको एक पञ्जाबी गीत हो र अहिले यो निकै चर्चित भएको छ । श्रेय जान्छ फिल्म ‘बार बार देखो’ लाई । तर के तपाईंले अम्रिका सिंह सेराबारे सुन्नुभएको छ ? उनी कपुरथला पंजाब पुलिसका हेड कन्स्टेबल हुन् । र उनी यस गीतका लेखक ।

जालान्धर नजिकैको ताल्वान्डी चौधरीयन भिलेजमा बस्ने ४३ वर्षीय सेरा सन् १९९० मा लेखिएको उनको गीतले बलिउडमा हंगामा पिटिरहेको देखेर दङ्ग छन् । उनले कहिले पनि सोचेका थिएनन् कि उनको गीत कहिले फिल्ममा फिचर गरिनेछ ।

‘दुई महिना अघि मलाई साथीले फोन गरेर ‘काला चस्मा’ टिभी च्यानलमा बजिरहेको बताए । मलाई कस्तो महसुस भइरहेको थियो मलाई थाहा थिएन । म निकै खुसी थिए र अचम्मित पनि,’ सेराले भने । उनको दाबी अनुहार चार महिना पहिले उनलाई जालान्धरस्थित एन्जल रेकर्ड स्टूडियोले उनले लेखेको अरु गीतबारे चासो राखेको थियो ।

‘मुम्बईस्थित एक कम्पनीले मेरो गीत चाहेको भन्ने बताइयो । सिमेन्ट फर्मको उद्घाटन समारोहमा मेरो गीत बजाइने जानकारीसमेत दिइयो ।’

उनले सम्झौतामा हस्ताक्षर गरे र त्यसबापत् ११ हजार भारतीय रुपैयाँ पाए, उनले बताए । ‘मलाई उक्त सिमेन्ट कम्पनीको नाम थाहा थिएन । मलाई कसैले पनि मेरो गीत फिल्ममा राखिनेबारे जानकारी दिएनन् ।’

तर उनी यसबारे रुष्ट छैनन् । भन्छन्, ‘मलाई कोही सँग रिस छैन ।’

उनको एउटै गुनासो छ कि गीत सार्वजनिक गर्दा उनलाई कसैले पनि बोलाएनन् ।

‘गीत सार्वजनिक गर्दा अथवा स्क्रिनिङको समयमा मलाई कसैले पनि मुम्बई आउने निम्ता दिएनन् । म त्यहाँ जान चाहन्थें र पञ्जावको एउटा सानो गाउँमा बस्ने मानिसले यो गीत लेखेको हो भनेर आफैंलाई चिनाउन चाहन्थें,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप