बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो विश्वयुद्ध समाप्त भएको खुसीयालीमा ‘चुम्बन’ गरेर चर्चित रहेकी महिलाको मृत्यु

आइतबार, २६ भदौ २०७३, १४ : ३०
आइतबार, २६ भदौ २०७३

दोस्रो विश्वयुद्ध समाप्त भएको खुसीयालीमा जलसेनाद्वारा ‘चुम्बन’ गरिएकी महिलाको ९२ वर्षमा मृत्यु भएको छ ।

ग्रेटा जिम्मर फ्रिडम्यानको भर्जिनियास्थित रिचमण्डको एक अस्पतालमा निमोनियाका कारण मृत्यु भएको हो, उनका छोरा जोसुवा फ्रिडम्यानले जानकारी दिए ।

फ्रिडम्यान २१ वर्षीया डेन्टल असिस्टेन्ट थिइन् जब उनलाई जर्ज मेन्डोसाले न्यूयोर्कको टाइम्स स्क्वायरमा सन् १९४५ अगस्ट १४ तारिखमा समातेर चुम्बन गरे ।

उक्त फोटो त्यतिबेला अमेरिकामा ‘भिजे डे सेलिब्रेसन’ को सबैभन्दा चर्चित फोटो थियो । फोटोलाई पहिलो पटक लाइफ म्यागजिनले प्रकाशित गरेको थियो ।

फ्रिडम्यान आफैंलाई सन् १९६० सम्म उक्त फोटोबारे थाहा थिएन । उक्त फोटो खिच्ने चर्चित फोटोग्राफर अलफ्रेड इसेन्सटाइडको किताब देखेपछि मात्र उनले आफ्नो फोटोको वास्तविकता थाहा पाइन् ।

फोटोमा भएको जलसेना र नर्स आफूहरु नै हो भनेर थुप्रै मानिसहरुले दाबी नगरेका पनि होइनन् । तर सन् १९८० मा फोटोमा भएका ती व्यक्ति मिस फ्राइडम्यान र मिस्टर मेन्डोसा भएको पुष्टि भयो ।

फोटोमा यी दुबै निकै कसिलो अंगालोमा बाँधिएको देख्न सकिन्छ तर वास्तवमा उनीहरु एक अर्कासँग पूर्णरुपमा अपरिचित थिए ।

‘यसलाई ‘चुम्बन’ नै भन्न मिल्दैन,’ फ्राइडम्यानले सन् २००५ मा भेटेरान्स हिष्ट्रि प्रोजेक्टलाई दिएको अन्र्तवार्तामा बताएकी छिन् । ‘त्यो उत्सव मात्र मनाइएको थियो, रोमान्टिक क्षण पक्कै थिएन ।’

जापानले अमेरिकालाई आत्मसमर्पण गरेको खुसीयालीमा अमेरिकीहरुले खुसीयाली मनाएको प्रतिकको रुपमा यो तस्बिरलाई लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप