बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सन्नी लियोनदेखि प्रियंकासम्मः यसरी छायांकन गरिन्छ फिल्ममा ‘इन्टिमेट सीन’

आइतबार, २६ भदौ २०७३, १५ : २२
आइतबार, २६ भदौ २०७३

रिया सेनको फिल्म ‘डार्क चकलेट’ केहि दिन अघि रिलिज भएको छ । फिल्म सन् २०१५ अगस्ट २४ तारिखमा मारिएकी सिना बोराको जीवनीमा आधारित यो फिल्ममा रिया सेनले निकै बोल्ड सीन दिएकी छिन् । एक अन्र्तवार्तामा रियाले बताए अनुसार उनले ‘बडी डबल’ नभई आफैंले ती दृश्यहरु गरेको बताएकी छिन् तर उनले शरिरको अघिल्लो भागबाट कपडा नहटाएको पनि जानकारी दिएकी छिन् ।

हुन त आजकाल लगभग हरेक फिल्ममा इन्टिमेट सीनको डिमान्ड हुन्छ र थुप्रै नायक–नायिका यस्ता दृश्य दिन अस्विकार गर्छन् । यसैकारण यस्ता दृश्य उनीहरुको बडी डबलका साग पूरा गरिन्छ । आउनुहोस्, यस्ता ८ फिल्मबारे जानकारी लिऔं । एक पहेली लिलाः सन् २०१५ को चर्चित फिल्ममध्ये एक ‘एक पहेली लिला’ मा सन्नी लियोनले केही इन्टिमेट सीन दिएकी थिइन् । तर के तपाईंलाई थाहा छ, यी दृश्य सनीले को–एक्टर रजनीश दुग्गलसँग नभई बडी डबलसँग पूरा गरेकी थिइन र बडी डबल अरु कोही नभई उनकै श्रीमान् ड्यानियल बिबर थिए । सात खून माफः फिल्मको एक दृश्यमा प्रियंकाले आफ्नो टिसर्ट उतारेर पिठ्युँ देखाउनु थियो । दर्शकलाई यस्तै लाग्छ कि फिल्ममा प्रियंकाकै पिठ्युँ देखाइएको हो तर यो दृश्यलाई उनको बडी डबलसँग छायांकन गरिएको थियो । ब्यान्डिट क्विनः फूलन देबीको लाइफमा आधारित यो फिल्मका लागि सीमा विश्वासले नेशनल अवार्ड पाएकी थिइन् । फिल्मको एक दृश्य यस्तो छ कि सामूहिक बलात्कार पछि फूलनलाई नग्न बनाएर कुवाबाट पानी ल्याउनको लागि पठाइन्छ । यो दृश्यमा सीमा थिइनन्, उनको बडी डबलसँग सूट गरिएको थियो । एक छोटी सी लभ स्टोरीः मनिषा कोइराला स्टारर यो फिल्म रिलिज पछि यसको इन्टिमेट सीनको विषयमा निकै विवाद भएको थियो । यसका लागि मनिषाले निकै आलोचना पनि खेप्नुपरेको थियो । त्यतिबेला मनिषाले दाबी गरे अनुसार सबै दृश्य उनको बडी डबलसँग पूरा गरिएका थिए । हिस्स: बोल्ड दृश्यका लागि केही दिन पहिलेसम्म सबैभन्दा ठूलो नाम थियो मल्लिका शेरावतको । उनको फिल्म ‘हिस्स’ मा जर्बजस्त उत्तेजक दृश्य थिए । ती दृश्यले रातारात मल्लिकालाई बोल्ड हिरोइनको सबैभन्दा शीर्ष स्थानमा खडा गरिदियो । त्यसपछि मल्लिका आफैंले पनि यसको प्रचार गर्दै हिँडिन् । बोल्ड सिनमा आफू नै रहेको उनले सार्वजनिक गर्दै हिँडिन् । तर वास्तवमा ती दृश्यहरु मल्लिकाले नभई उनको बडी डबलले छायांकन गरेको थियो । उनको दाइ र फिल्मका सह–निर्माताले यसको खुलासा गरेका थिए । फायरः समलैंगिक सम्बन्धलाई उजागर गर्ने पहिलो हिन्दी फिल्म ‘फायर’ मा शबानी आजमी र नन्दिता दास बिच भएको अंतरंग दृश्यमा नन्दिता दास थिइनन् । यसका लागि उनको बडी डबललाई राखिएको थियो । फिल्मको अन्त्यमा आउने सूचीमा लेखिएको थियो कि नन्दिताको नग्न शरिर वास्तवमा बडी डबलको हो । लण्डन, पेरिस, न्यूयोर्कः पाकिस्तानबाट बलिउडमा आएका नायक र गायक अली जफरको कुनै पनि फिल्ममा तपाईंले उनको इन्टिमेट सीन देख्न पाउनुहुने छैन । यस्तो यसकारण किनभने अलि फिल्ममा अनुबन्ध हुनु पहिले नै कुनै पनि किसिङ सिन नदिने भन्दै सम्झौतामा हस्ताक्षर गर्छन् । त्यसकारण फिल्म ‘लण्डन, पेरिस, न्यूयोर्क’ मा जब अभिनेत्री अदिती रावले हैदरीसँग किस सीन गर्नुपर्ने हुन्छ तब उनको बडी डबललाई बिचमा ल्याउनुपर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप