बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सामसङद्वारा ग्राहकलाई अपिल, ‘हाम्रो फोन नकिन्नुहोस्’

सोमबार, २७ भदौ २०७३, ०९ : १२
सोमबार, २७ भदौ २०७३

सामसङ इलेक्ट्रोनिक्सले संसारभरी आफ्ना ग्राहकलाई ग्यालेक्सी नोट सेभेन तत्कालका लागि नचलाई यथाशिध्र परिवर्तन गर्नका लागि अपिल गरेको छ । स्मरण रहोस्, सामसङ ग्यालेक्सी नोट सेभेनमा चार्जको क्रममा आगो लाग्ने र पड्कने थुप्रै घटना सार्वजनिक भएको छ । त्यसपछि कम्पनीले आफ्नो फोनलाई फिर्ता लिने घोषणा गरेको छ ।

सामसङले आइतबार आफ्नो वेबसाइटमा एक बयान प्रकाशित गर्दै संसारभरीका ग्राहकलाई ग्यालेक्सी नोट सेभेन स्विच अफ गरी फिर्ता दिएर यसलाई परिवर्तन गर्न आग्रह गरेको छ । सामसङले सेवा केन्द्रबाट अस्थायी रुपमा प्रयोग गर्नका लागि सामसङको अन्य फोन लिनसमेत आग्रह गरेको छ ।

साससङ इलेक्ट्रोनिक्स अमेरिकाका प्रसिडेन्ट टिम ब्याक्स्टरका अनुसार नोट सेभेनको अर्को मोडल जारी नभएसम्म प्रयोगकर्ताहरुले अर्को फोन पाउने जानकारी दिए । अर्को फोन सार्वजनिक नगरेसम्म फोन नकिन्नसमेत आग्रह गरेको छ ।

यसअघि अमेरिकी सरकारले पनि उपभोक्ताहरुलाई सामसङ ग्यालेक्सी नोट सेभेन तुरुन्त स्विच अफ गरी फिर्ता गर्न आग्रह गरेको थियो ।

यो पनि पढ्नुहोस्:

सामसङ ग्यालेक्सी नोट सेभेन नचलाउन अमेरिकाद्वारा उपभोक्तालाई अपिल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप