बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कट्रिना भन्छिन्, ‘सलमान, रणबीरपछि तेस्रो पटक प्रेममा पर्न तयार छु’

सोमबार, २७ भदौ २०७३, १२ : ०३
सोमबार, २७ भदौ २०७३

बलिउडकी बार्बी गर्ल भनेर चिनिने कट्रिना कैफको जब प्रेम सम्बन्धबारे कुराकानी हुन्छ तब सलमान खान शीर्ष स्थानमा आउँछन् । धेरै वर्षको प्रेम सम्बन्धमा रहेर ब्रेकअप भएको सलमान कट्रिनाको जोडीले अन्र्तराष्ट्रिय ख्याती पायो । सलमानसँगको ब्रेकअप पछि कट्रिना पुनः बलिउडका ‘ह्याण्डसम’ रणबीर कपुरसँगको प्रेममा परिन् । रणबीरसँग धेरै वर्ष ‘लिभ इन रिलेसन’ मा बसेकी कट्रिना अन्ततः उनीसँग पनि छुट्टिएकी छिन् । उनीहरुको प्रेमसम्बन्ध त उहिल्यै सिद्धिसक्यो तर यी जोडीको प्रेम सम्बन्धका खबर अहिलेसम्म सिद्धिन सकेको छैन । कट्रिनाको ‘लभ लाइफ’ को विषयमा दैनिक भाष्करले उनीसँग अन्र्तवार्ता लिएको छ जसको केही सम्पादीत अंश हामी तपाईंका लागि रुपान्तरण गर्दैछौं ।

प्रश्नः पुनः सम्बन्धमा रहन तयार हुनुहुन्छ ? उत्तरः म त के, कुनै पनि मानिसले प्रेम गर्न अस्विकार गर्नु हुँदैन । म प्रेममा शत प्रतिशत विश्वास गर्ने मान्छे । मेरो लागि प्रेम जिन्दगीमा सबैभन्दा महत्वपूर्ण कुरा हो । प्रेम गर्नु निकै राम्रो अनुभूती हो र मेरो यसमा पूर्ण रुपमा विश्वास कायम छ ।

प्रश्नः फिल्मभन्दा बढि तपाईंका नीजि जीवनका कुराहरु चर्चामा छन्, यस्तो किन ? जवाफः यसलाई म परिवर्तन गर्न सक्दिनँ । सुरुदेखि नै मेरो नीजि र व्यवसायीक विषयमा चर्चा भइरहेको छ । मलाई यसले प्रभावित बनाउँदैन । म त्यति धेरै पत्रिका पनि पढ्दिनँ । यदि मेरा विषयमा कसैले खबर बनाइरहे छन् वा छापिरहेछन् भने मलाई त्यसमा कुनै आपत्ति छैन । म आफ्नो काम गरिरहेकी छु र त्यस्तै मिडिया पनि । कुनै पनि समाचारले मलाई मेरो काम गर्नबाट रोक्नेछैन । यदि तपाईं नायक/नायिका हुनुहुन्छ भने तपाईंको बोरेमा त लेखिन्छ नै । प्रशनः तपाईंको पीआर एजेन्सीले नै तपाईं र रणबीरको ब्रेकअपसँग जोडिएको खबर फैलाउने काम

प्रश्नः तपाईंको पीआर एजेन्सीले नै तपाईं र रणबीरको ब्रेकअपसँग जोडिएको खबर फैलाउने काम गर्छ भन्छन् नि, यसमा तपाईं के भन्नुहुन्छ ? उत्तरः मेरो पीआर कम्पनीको काम भनेको यदि मेरा बारे केही गलत खबर आइरहेको छ भने मेरो तर्फबाट स्पष्टिकरण दिनु हो । म आफैं मेरो पीआर पर्सनलाई यो विषयमा स्टेटमेन्टका साथ स्पष्टिकरण दिनको लागि आग्रह गर्छु । जब मलाई केही कुरा भन्नु छ भने फिल्मको रिलिजको क्रममा मिडियालाई भन्ने गर्छु । मैले आफ्नो सम्बन्धबारे कुरा गर्न पीआर एजेन्सीको सहयोग लिएको छैन ।

प्रश्नः पछिल्लो दुई वर्षमा तपाईं सलमानसँग निकै कम भेट्नुहुन्थ्यो तर अहिले भेटघाट बाक्लिएको छ, किन होला? उत्तरः काममा व्यस्त रहने भएकाले भेटघाट कम नै हुन्थ्यो तर फोन र मेसेजमार्फत हामी सधैं कुराकानी गर्दछौं । उनी मेरा शुभचिन्तक हुन् ।

प्रश्नः तपाईं दुब्लाउनुको कारण पनि तपाईंको ब्रेकअप भनिएको छ । उत्तरः यो मेरो फिल्मको रोलको लागि हो । फिट रहनु भनेको राम्रो हो नि, होइन र ?

प्रश्नः सलमानसँग कुनै फिल्म खेल्ने सोचमा हुनुहुन्छ ? जवाफः कोही निर्माता निर्देशकले हामीलाई मिल्दो स्क्रिप्ट तयार गर्नुहुन्छ र मलाई एप्रोच गर्नुहुन्छ भने म तयार छु । मेरो वा सलमानको तर्फबाट यसको लागि कुनै समस्या हुनेछैन । हामी सँगै काम गर्न पाउँदा खुसी नै हुनेछौं । फिल्म ‘एक था टाइगर’ मा मेरो भूमिका निकै बलियो थियो, यदि यस्तै भूमिका पाए मलाई फिल्म खेल्नमा खुसी लाग्नेछ ।

प्रश्नः रणबीरसँग फिल्म खेल्नुहुन्छ ? उत्तरः ‘जग्गा जासूस’ गरिरहेकी छु । बाँकी समयले बताउँछ ।

प्रश्नः तपाईंको हिन्दी निकै राम्रो भएको छ त ? उत्तरः फिल्मी क्षेत्र मेरो घर हो त्यसैले मैले हिन्दी सिक्नु जरुरी थियो । बिस्तारै बिस्तारै सिकिरहेकी छु । १७ वर्षको उमेरमा म यहाँ आएकी थिएँ, कुनै अनुभव थिएन । मलाई के गर्नुपर्दथ्यो, के राम्रो हो भन्ने केही थाहा थिएन । मैले थुप्रै कार्यक्रमहरु गरें । अन्य मोडलजस्तै मलाई पनि फिल्ममा अफर आयो र पछि अभिनयका लागि । बिस्तारै बिस्तारै सबै सिकिरहेकी छु र गर्दै छु ।

प्रश्नः कट्रिनामा के कस्ता परिवर्तन आए ? – हिन्दीमा बोल्नको लागि आग्रह गर्दा पनि कट्रिना हरेक प्रश्नको जवाफ अंग्रेजीमा दिने गर्दथिन् । आजकाल हिन्दी र क्षेत्रीय भाषाका पत्रकारसँग विशेषरुपमा हिन्दीमा कुराकानी गरिरहेकी छु । – पछिल्ला दुई फिल्मको प्रोमोसनमा थुप्रै शहर गएकी छिन्, जबकी पहिले यस्तो हुँदैनथ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप