बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मनिषा कोइराला भन्छिन्, ‘म बच्चा चाहन्छु’

सोमबार, २७ भदौ २०७३, १२ : ५९
सोमबार, २७ भदौ २०७३

क्यान्सर रोगमाथि विजय पाएपछि आफ्नो व्यवसायिक जीवन सुरु गरेकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले आफूलाई बच्चा चाहेको बताएकी छिन् । उनले एक छोरीलाई धर्मपुत्रीको रुपमा स्विकार गर्न चाहेको बताएकी छिन् ।

उनले भनिन्, ‘म मेरो परिवारसँग निकै नजिक छु तर उहाँहरु नेपालमा हुनुहुन्छ । घर फर्किंदा म एक्लो महसुस गर्छु । मानिसलाई मानिसकै मायाको खाँचो छ । बाल्यकालदेखि नै म बच्चा एडोप्ट गर्न चाहन्थें ।’

लामो समयपछि बलिउडमा प्रोमिता सेनगुप्ताद्वारा निर्देशित ‘मौली’ फिल्ममार्फत फिर्ता भएकी मनिषाले बलिउडमा पुनः सेटल हुने भएका छिन् ।

भारतीय संचार माध्यमले उनलाई पुनः विवाह गर्ने योजना छ कि छैन भनेर सोध्दा उनले  यो कुरामा आफू सकारात्मक भएको  जनाएकी छिन् । उनी भन्छिन्, ‘विवाह को गर्न चाहँदैन र ? सुरुमा सबैकुरा राम्रो हुन्छ, तर पछि के हुन्छ तपाईंलाई थाहा हुँदैन । यदि कोही राम्रो मान्छे भेटे म यसबारे सोच्नेछु । अहिले महत्वपूर्ण भनेको पारिवारिक सम्बन्ध स्थापित गर्नु हो जुन बच्चा एडोप्ट गरेपछि हुन्छ ।  ।’

मनिषाले सन् २०१० मा नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह गरेकी थिइन् तर विवाह गरेको दुई वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप