बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यस्तो रहेछ, रसियाको यो नदि पूरै रातो बग्नुको कारण

मङ्गलबार, २८ भदौ २०७३, ०९ : ४०
मङ्गलबार, २८ भदौ २०७३

संसारको सबैभन्दा ठूलो निकेल उत्पादक कम्पनीले आफ्नो एक प्लान्टमा चुहावट भएका कारण रसियाको आर्कटिकमा रहेको एक नदी रातो रङमा परिवर्तन भएको स्विकार गरेको छ ।

नोरिल्स्क निकेलका अनुसार गत सेप्टेम्बर ५ तारिखको भारी वर्षाका कारण नाडेज्दा प्लान्टमा ‘फ्रिल्ट्रेसन ड्याम’ भएपछि डाल्डिकन नदीमा ओभरफ्लो भएको हो ।

यद्यपी कम्पनीले यसबाट मानिस र वन्यजन्तुमा केही पनि असर नहुने स्पष्ट पारेको छ ।

गत हप्ता नदि एकाएक रातो बग्न थालेपछि मानिसहरुले उक्त नदिको तस्बिरहरु सोसल मिडियामा पोष्ट गर्न थालेका थिए । फोटो सार्वजनिक भएलगत्तै उक्त कम्पनीले आफ्नो यसमा केही पनि संलग्नता नभएको जानकारी दिएका थिए ।

यो पनि पढ्नुहोस्:

आखिर किन यो रसियाली नदी एकाएक रक्तिम रातो बग्न थाल्यो ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप