बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अचम्मको क्षणः पुरुष हात खुट्टा टेकेर कुकुरजस्तै घस्रिने, महिला भने डोर्याउने

मङ्गलबार, २८ भदौ २०७३, १० : २७
मङ्गलबार, २८ भदौ २०७३

चीनमा एउटा निकै अचम्मको तस्बिरहरु सार्वजनिक भएको छ जसमा एक महिलाले एक पुरुषलाई कुकुरसँगै डोर्याउँदै यात्रामा निस्किएकी छिन् ।

यो जोडीलाई चीनको फुजियान प्रान्तको फुझाउमा गत सेप्टेम्बर ९ तारिखमा देखिएको थियो, पिपल्स डेली चाइनालाई उद्धृत गर्दै डेली मेलले लेख्छ ।

यो जोडीले ट्राफिक जाम नै गराएका कारण पुलिस बोलाउनु परेको थियो ।

रिपोर्टका अनुसार ती महिलाले कालो टिसर्ट र ट्र्याक लगाएका पुरुषलाई डोरीले बाँधेर डोर्याइरहेकी थिइन् । पुरुष भने चार हात खुट्टा टेकेर कुकुरजस्तै घस्रिरहेका थिए ।

एक प्रत्यक्षदर्शीले ती महिलाले घस्रिरहेका पुरुषलाई टाउको हानेकोसमेत देखेको बताएकी छिन् ।

मिस्टर लियानले उक्त घट्ना देखेको र उक्त दृश्य हेर्न धेरै मानिसहरु नजिक आएको उनले जानकारी दिएका छन् ।

यो जोडीले ट्राफिक जाम नै पैदा गरेका कारण पुलिस बोलाउनु परेको उनले जानकारी दिए । पुलिसले ती महिलालाई यति धेरै सम्झाए कि उनले बाँधिएका पुरुषको घाँटीबाट डोरी हटाइदिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप