बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘बिग बस’ का यी १० विवादास्पद प्रतियोगीः यी मोडलले लगाएकी थिइन् सलमान खानमाथि बलात्कारको आरोप

मङ्गलबार, २८ भदौ २०७३, १२ : ५३
मङ्गलबार, २८ भदौ २०७३

भारतीय टेली जगतको सबैभन्दा चर्चित र विवादित रियालिटी शो बिग बसको १० औं संस्करण अक्टोबरमा हुने बताइएको छ । यसपटक यो कार्यक्रममा विशेषदेखि साधारण मानिस पनि समावेश हुनेछन् । यो कार्यक्रम दर्शकका बिच यति धेरै चर्चित छ किनभने यो विवादले भरिएको छ । यसमा ती मानिसहरुलाई संलग्न गराइन्छ जो साधारण जीवनमा पनि कुनै न कुनै कारणले विवादमा परेका हुन्छन् । अहिलेसम्म बिग बसको ९ वटा सिजन समाप्त भइसकेको छ । कार्यक्रम अवधि भरी वा यहाँबाट निस्किसकेपछि पनि केही प्रतियोगीहरुले आफूमाथि यौन शोषण भएको आरोप थुप्रै पटक लगाइसकेका छन् । अझ अचम्मको कुरा के छ भने सिजन ५ को प्रतिस्पर्धामा रहेकी एक मोडल र नायिकाले कार्यक्रम संचालन गर्ने सलमान खानमाथि नै बलात्कारको आरोप लगाएर सनसनी फैलाएकी थिइन् ।

यी मोडलले लगाएकी थिइन् सलमानमाथि बलात्कारको आरोप पूजा मिश्रा नामकी मोडल र नायिकाले कार्यक्रमका संचालक सलमान खानमाथि नै बलात्कारको आरोप लगाएकी थिइन् । पूजाले धेरैजसो चर्चित हुनका लागि विवादको सृजना गर्ने गर्छिन् । यही वर्ष उन एकातर्फ सलमान खानमाथि बलात्कारको आरोप लगाएकी छिन् भने अर्कोतर्फ जयपुरका दुई फोटोग्राफरलाई पनि बलात्कारको आरोप लगाएकी थिइन् । उनका अनुसार जयपुरमा सुटिङका लागि उनले दुई फोटोग्राफरलाई भाडामा लिएकी थिइन् । ती दुई फोटोग्राफरले खानामा नशालु पदार्थ मिसाएर उनीमाथि बलात्कार गरेका थिए । उनको दाबी अनुसार सलमान खानले उनलाई ‘अभि तो पार्टी सुरु हुई हे’ को क्रममा बलात्कार गरेका थिए । फेसबुकमा उजुरीयुक्त फोटो सेयर गर्दै उनले लेखेकी थिइन्, ‘सलमान र उनको परिवारलगायत शत्रुघन सिन्हा र उनको परिवार विरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुको कार्यक्रम ‘अभि तो पार्टी सुरु हुई हे’ को क्रममा मेरो बलात्कार गरे ।’ प्रिया मलिकः कार्यक्रमको ९औं सिजनमा वाइल्ड कार्ड इन्ट्री गर्ने प्रिया मलिकले कार्यक्रमको क्रममा दुई प्रतियोगीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । यस्तै उनेल सोसल मिडियामा यो कुराको खुलासा गरेकी थिइन् कि पाँच वर्षको उमेरमा एक व्यक्तिले उनलाई हातपात गर्न खोजेका बेला उनले ती व्यक्तिलाई थप्पड हानेको थिए र आफ्नी आमालाई घटनाको सम्पूर्ण जानकारी दिएकी थिइन् । सपना भावनानीः बिग बस– ६ मा भाग लिइसकेकी सेलिब्रिटी हेयर स्टाइलिस्ट सपना भावनानीले जुलाई सन् २०१५ मा आफू २४ वर्षको हुँदा सामूहिक बलात्कारको शिकार भएको स्विकार गरेकी थिइन् । उनको अनुसार उक्त घटना क्रिसमसको एक दिन पहिले भएको थियो । फेसबुक पेज ह्युमन अफ बम्बेमा प्रकाशित भएको उनको पोष्टमा यसबारे खुलासा भएको थियो । सपनाले उक्त पोष्टमा लेखेकी थिइन्, ‘मेरो बुवाको मृत्यु पछि म सिकागो गएकी थिएँ । त्यहाँ मजस्ता अरु मानिसहरु पनि थिए। मैले त्यहाँ निकै स्वतन्त्र जीवन बिताएँ । ट्याटु र कपालसँग एक्सपेरिमेन्ट गरें । शिकागोमा एक क्रिसमस इभका बेला राती अबेर बारबाट एक्लै फर्किरहेको थिएँ । त्यतिबेला मैले निकै छोटा कपडा लगाएको थियो र रातो लिप्स्टिक पनि लगाएकी थिएँ । म २४ वर्षकी थिएँ र रक्सी पनि पिइरहेकी थिएँ। त्यतिबेला केही पुरुषहरु म भए ठाउँमा आए र ममाथि बन्दुक तेर्साए । उनले मलाई ओरल सेक्स गर्न दबाब दिए र त्यसपछि मलाई सामूहिक बलात्कार गरे । यो दुर्घटनालाई बिर्सनका लागि मलाई वर्षौं लाग्यो । तर मैले छोटो कपडा लगाउन छोडिनँ । लिप्स्टिक पनि अहिलेसम्म त्यति नै गाढा लगाउने गर्छु । अनिता आडवाणीः सुपर स्टार राजेश खन्नासँग लिभ इन रिलेसनमा रहेकी अनिता आडवाणीले बिग बोसको सातौं संस्करणको क्रममा निकै सनसनीपूर्ण खुलासा गरेकी थिइन् । उनका अनुसार उनलाई १३ वर्षको उमेरमा राजेश खन्नाले पहिलो भेटमा नै उनलाई अंगालो हालेर चुम्बन गरेकी थिइन् । अनिताको यो पनि दाबी छ कि त्यो भेटपछि सानो उमेरमा नै उनलाई राजेश खन्नाले यौन शोषण पनि गरेकी थिइन् । अनिताका अनुसार त्यतिबेला उनी कम उमेरकी थिइन् । उनको र राजेश खन्नाबिच जे भयो त्यसको लागि उनी शारिरिक र मानसिक रुपले तयार थिइनन् । पायल रोहतगीः ‘खोसलाका घोसला’, ‘लभ सेक्स और धोका’, ‘शंघाई’ र ‘बम्बे टकीट’ जस्ता फिल्म निर्देशन गर्ने निर्देशक दिवाकर बनर्जीमाथि पायल रोहतगीले यौनशोषणको आरोप लगाएकी थिइन् । पायल बिग बस सिजन २ मा देखिएकी थिइन् । मिडियाको खबरका अनुसार पायलले दिवाकरमाथि आरोप लगाउँदै भनेकी थिइन् कि जब उनी ‘शंघाई’ को अडिसन दिन गइन् तब निर्देशकले उनलाई कपडा उतार्नको लागि बताएका थिए । यद्यपी, उनको यो आरोप मिडियामा चर्चित हुनका लागि गरिएको भन्ने पुष्टि गरियो । सोफिया हयातः बिग बस ७ की प्रतिस्पर्धी बनेकी सोफिया हयाले ट्वीट गर्दै आफू १० वर्षको उमेरमा नै यौन शोषणको शिकार भएको बताएकी छिन् । उनको दाबी अनुसार उनलाई बाल्यकालमा नै उनका काकाले बलात्कार गरेका थिए । यस खुलासा पछि उनका परिवारसँग बहस र झगडा भएको थियो । बबी डार्लिङः बबी डार्लिङलाई कसले चिन्दैन होला । उनले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । सन् २००६ मा बिग बसको पहिलो सिजनको कन्टेस्टेन्ट बनेकी थिइन् । यसको करिब १ वर्षपछि सन् २००७ मा बबी डार्लिङले पुरुष मोडल सुरजित जगदिश सिंहमाथि यौनशोषणको आरोप लगाएकी थिइन् । यता सुरजितले भने बबीले यसको लागि बबीले नै अफर दिएको बताएका छन् । विवेक मिश्राः विवेक मिश्रा व्यवसायीक रुपमा योगा शिक्षक हुन् । उनी नग्न भएर योग सिकाएको कारण विवादमा आइसकेका छन् । उनको योग सिकाउने स्टाइलमा पनि विवाद उठेको छ । उनी बिग बस ७ मा वाइल्ड कार्ड इन्ट्रि लिएका थिए । कार्यक्रममा आउनु केही समय पहिले उनले श्वेता तिवारीका पूर्व पती राजा चौधरीमाथि बलात्कारको आरोप लगाएका थिए । यद्यपी, यसमा कति वास्तविकता थियो त्यसको खुलासा भने हुन सकेन तर यो पूरा विषयले विवेकलाई चर्चित बनाइदिएको थियो । लक्ष्मी नारायणः बिग बस ५ का प्रतियोगी समलिङ्गी लक्ष्मी नारायण त्रिपाठीले एक अन्र्तवार्तामा भनेका थिए, ‘मलाई आफ्नो परिवारका एक सदस्यले यौनशोषण गरेका थिए । म स्कूल, कलेज जान सक्दिनथें । म त्यतिबेला अहिलेभन्दा निकै भिन्न थिएँ ।’ पामेला एन्डरसनः बिग बस ४ मा तीन दिनको मात्र पाहुना बनेकी नायिका, मोडल र टेलिभिजन निर्माता पामेला एन्डरसनले एक कार्यक्रममा आफू ६ वर्षको हुँदा नै बलात्कारको शिकार भएको बताएकी थिइन् । उनलाई बलात्कार गर्ने पुरुष नभई महिला नै भएको उनले बताएकी थिइन् । यस्तै गरी जब उनी १२ वर्षकी भइन् तब खेल सिकाउने क्रममा उनीमाथि बलात्कार भयो । योभन्दा ठूलो घटना त्यतिबेला भयो जब स्कूलका ६ साथीले मिलेर उनको सामूहिक बलात्कार गरे । यो घटना पछि पामेला मर्न चाहन्थिन् । '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप