बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कपिल शर्मा र इरफान खानलाई तीन वर्ष जेल सजायँ !

मङ्गलबार, २८ भदौ २०७३, १३ : २९
मङ्गलबार, २८ भदौ २०७३

हाँस्यकलाकार कपिल शर्माको समस्या बढ्दैछ । बम्बे म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले कपिल शर्मा र अभिनेता इरफान खानविरुद्ध मुद्दा दर्ता गरेको छ । बीएमसीका विरुद्ध ट्वीट गरेपछि कपिल शर्मा आफ्नै जालमा फस्दै गरेको भारतीय संचार माध्यमले बताएको छ ।

बीएमसीले अवैध निर्माणको विषयमा रिपोर्ट दर्ता: बीएमसीले भारतको गोरेगांवस्थित डीएलएच एन्क्लेवमा ९ र ५ औं मञ्जिलमा बस्ने इरफानका विरुद्ध ओशिवारा पुलिस थानामा एफआइआर दर्ता गराएको छ । बीएमसीका अनुसार यो भवन अवैध रुपले निर्माण गरिएको हो । बीएमसीले गोरेगांवस्थित यो भवनको १५ औं फ्ल्याटमा गडबडी भएको जानकारी पाएको छ । यी १५ फ्ल्याटहरुको निर्माणमा थुप्रै नियमहरु उलंघन गरेको बताइएको छ ।

इरफान खान र कपिल शर्माको बढ्नेछ मुश्किलः यो एफआरआइ पी साउथ वार्डका सब इन्जिनियर अभय जगतापले गरेका हुन् । यो एफआइआर महाराष्ट्र रिजनल टाउसन प्लानिङ एक्टको सेक्सन ५३(७) को आधारमा गरिएको हो । यो सेक्सनमा फ्ल्याट मालिकलाई अनधिकृत निर्माण विरुद्ध नोटिस दिइएको छ । यो धाराको अनुसार आरोपीहरुले एक महिनादेखि तीन वर्षसम्मको जेल र २ हजारदेखि ५ हजार जरिवाना हुनसक्छ । यो भवनको यी फ्ल्याटमा अनधिकृत तरिकाले डक्टिङ, कमन पेसेज र पार्किङको निर्माण गरिएको छ ।

कपिल शर्माको ट्वीटपछि बढ्यो समस्याः ओशिवारा पुलिस थानामा बीएमसीले १२ जुलाईमा एफआइआर गराउनका लागि केही दस्तावेज जम्मा गराएका थिए । यो प्रक्रिया २४ अगस्टसम्म चल्यो । म्युनिसिपल कमिशनर अजय मेहताका अनुसार गणेश उत्सव पछि यो एफआइआरका बाँकी कारवाही गरिनेछ । स्मरण रहोस्, हाँस्यकलाकार कपिलले गत शुक्रबार बीएमसीका विरुद्ध ट्वीट गरेका थिए । यो पनि पढ्नुहोस्ः

ट्वीट पछि कपिल शर्माको घरबाहिर टाँसियो बिएमसीको नोटिस, २४ घण्टाभित्र बताउनुपर्नेछ घुस लिनेको नाम 

भ्रष्टाचारको शिकार बने कपिल शर्मा, मोदीलाई सोधे, ‘के यहि हो तपाईंको ‘अच्छे दिन’’ ?

आफ्नै आरोपमा फसेपछि कपिल शर्माले भने, ‘भ्रष्टाचारका विरुद्ध रिस मात्र पोखेको हुँ’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप