बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, १४ माघ २०७४, ०६ : २३
आइतबार, १४ माघ २०७४

आजको राशिफल

बि.स.२०७४ माघ १४ गते । आईतबार । ईश्वी सन् २०१८ जनवरी २८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि द्धादशी ४९ घडी ०१ पला,रातको २ बजेर ३१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र मृगशिरा ४० घडी ५६ पला,रातको ११ बजेर १७ मिनेट उप्रान्त आद्रा । योग ऐन्द्र २३ घडि २९ पला,बेलुकी ४ बजेर १८ मिनेट उप्रान्त वैधृती । करण वव,दिउसो ३ बजेर ४१ मिनेट उप्रान्त बालव,रातको २ बजेर ३१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा सौम्य योग । 

 

चन्द्रराशि बृष,मध्यान्ह १२ बजेर ६ मिनेट उप्रान्त मिथुन । 

काठमाडौंमा सूर्योदय ६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५३ पला ।  

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुँने तथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाई सँग बिवाद हुने योग रहेकोछ । छोटो दुरिको यात्रा गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । राजनिति तथा समाजसेवमा जनताको आलोचना सहितको समर्थन पाईनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्ना सक्छ । माया प्रेममा अबिश्वास हुने योग रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तरल पदार्थ तथा पानि सँग सम्बन्धित व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुँने तथा बुवाको सल्लाह मान्दै अगाढि बढ्दा मनग्ने फाईदा हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुँनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ । साझपख लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला जरिवाना तथा दण्ड तिर्नु पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार फाईदा न्यून हुँनेछ । माया प्रेममा आत्मियताको कमि हुँनेछ भने घर परिवारमा मनमुटावको अवस्था सिर्जना हुँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा प्रगति गरि नतिजा आफैतिर ल्याउन सकिनेछ । ईच्छित चाहनाहरु परिपुर्ति हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समय तपाईकै पक्षमा रहने हुँनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । राज्यमा सम्मानजनक उपस्थिति रहनेछ भने मानसम्मानमा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक आवस्था सुदृड रहनेछ । खोजमुलक क्षेत्रमा मन जाने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनै पनि काम गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवार वा पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले सानो लगानिबाट मनग्गे आम्दानि हुनेछ । समयले सदुपयोग गर्दै मन्दिर तथा धार्मिक प्रतिष्ठानतिरको यात्रा हुनेछ । आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले काम गर्न सहज हुनेछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा शुभचिन्तकहरु नै तपाईको काम बिगार्न तथा तपाईलाई फसाउँन लागि पर्नेछन् । व्यापारमा लगानि गर्न केहि समय पर्खनुहोला घाटा लाग्ने योग रहेकोछ । बाहिरि वातावरणमा घुममेल हुन नसक्दा स्वास्थ्यमा समस्या देखा पर्नेछ । ऋण तथा संकटको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । 

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्खनु होला । यात्रा भएपनि गन्तब्यमा पुग्न केहि कठिनाई हुनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछैन । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले पढाई लेखाईमा सुधार भएर जानेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुँनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप