डोल्पामा सञ्चार सेवा बन्द
शुक्रबार, ३१ भदौ २०७३, १४ : ०२
डोल्पा । सिक्टा सिँचाइ आयोजनाले अप्टिकल फाइबर केवल काटेपछि डोल्पामा २४ घन्टादेखि सञ्चार सेवा ठप्प भएको छ ।
सो आयोजनाले कोहलपुबाट नेपालगन्ज जाने बाटोमा पर्ने टेलिकमको अप्टिकल फाइबर केवल काटिदिएपछि एडिएसल र मेबाइल सेवा बन्द भएको नेपाल टेलिकम डोल्पा शाखाका प्राविधिक नवराज भट्टराइले जानकारी दिए ।
यसको असर कर्णलीको मुगु, हुम्ला, जुम्ला र कालीकोटमा पनि परेको सो कार्यालयले जनाएको छ ।