शाहिदको घरमा डेङ्गु, बीएमसीले नोटिस जारी गर्दै भन्यो, ‘सफा गर्नुहोस्’
आइतबार, ०२ असोज २०७३, ११ : ४२
बलिउड नायिका विद्या बालनलाई डेंगु भएपछि अब नायक शाहिद कपुरको घरमा पनि डेंगुको लामखुट्टे पुगेको छ । बीएमसीले यही विषयमा शाहिदलाई एक नोटिस जारी गरेको छ ।
शाहिदको घरको स्विमिङ पूलमा डेंगुको लार्भा पाइएको छ जसका कारण बीएमसीले शाहिद कपूरलाई नोटिस जारी गर्दै पूललाई सफा–सुग्घर राख्नका लागि निर्देशन दिएको छ । बिद्या बालन बस्ने घरको ग्राउन्ड फ्लोरमा शाहिद कपुर बस्दछन् । विद्या पहिलेदेखि नै डेंगुबाट पीडित छिन् ।
बीएमसीको नोटिस पछि शाहिद कपूरले आफ्नो स्विमिङ पूल र आसपासको क्षेत्रको सफाइमा ध्यान दिन सुरु गरेका छन् । उनले बीएमसीलाई सूसुचित गराएकोमा धन्यवाद पनि दिएका छन् । उनका प्रवक्ताले शाहिद आफ्नो बिल्डिङ र आसपासका क्षेत्रमा डेंगु भएको बीएमसीको रिपोर्टले निकै चिन्तित छन् । उनकी छोरी केही महिनाकी मात्र भएका कारण पनि उनी यस विषयमा बढि चिन्तित भएका छन् ।