मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अवैधानिक भेलाको निर्णय स्वीकार्य छैन : थपलिया

सोमबार, ०३ असोज २०७३, ०७ : ०२
सोमबार, ०३ असोज २०७३

काठमाडौं – ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले अवैधानिक रुपमा व्यक्तिबादी ढंगबाट भेला आयोजना गरी अनुचित निर्णय गर्ने कोसिस गरिएको भन्दै आपत्ति जनाएका छन् ।

असोज १ गते बसेको कार्यसमितिको बैठकले परिषद्को २१ औ र २२ औ बार्षिक साधारणसभा स्थगित गर्ने औपचारिक निर्णय गरेकोमा परिषद्का केही ठमेल विरोधी तत्वमार्फत फर्जी सदस्यताको समूह तयार गरेर भेला निर्माण गरी मनपरी ढंगबाट विधानले नदिएको अधिकार हातमा लिने कोसिस भएको भन्दै उक्त निर्णय कुनैपनि हालतमा स्वीकार्य नहुने बताए ।

संस्थागत निर्णयलाई कुल्चेर परिषद्को अस्तित्व मेट्ने कोसिस भएको भन्दै वैधानिक रुपबाट सबै परिषद्का सदस्यहरुको भेला गरी निर्णय कार्यन्वयन गर्न चुनौति समेत दिए ।

परिषद्को कुल सदस्य संख्या ४४८ जनाले मतदान गर्ने अधिकार प्राप्त गरेको स्थितिमा साधारणसभा बस्नकै लागि पनि ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने तथा नेतृत्वलाई अविश्वास ल्याउनकै लागि बिधानतः दुईतिहाईको संख्या आवश्यक हुने भएपनि मनपरी ढंगले अविश्वास प्रश्ताव ल्याईएको भन्दै दुईतिहाई सदस्यबाट नेतृत्वलाई हटाएर देखाउन चुनौति समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप