मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

परिषद्प्रति अनर्गल प्रचारबाजी भएको भन्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्षद्वारा गम्भीर आपत्ति

शनिबार, ०१ असोज २०७३, ०८ : ४६
शनिबार, ०१ असोज २०७३

काठमाडौं –ठमेल पर्यटन विकास परिषद्को आसन्न साधारण सभाका विषयलाई लिएर परिषद् सम्बद्ध केही व्यक्तिहरुले अर्नलग प्रचारबाजी गरेको भन्दै परिषद्ले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । केहीदिन अघि राजधानीमा पत्रकार सम्मेलन गरी व्यक्ति विशेषका लागि परिषद्का अध्यक्षले विधान संशोधन गर्न खोजेको आरोप लगाएको भन्दै अध्यक्ष रामशरण थपलियाले यसप्रति आपत्ति जनाएका हुन् । 

आफूहरुले विधानसम्मत ढंगले नै साधारण सभा गर्न लागेको भन्दै अध्यक्ष थपलियाले साधारणसभा भाँड्ने ढंगबाट यस्ता गतिविधि गरिनु अत्यन्तै खेदजनक भएको बताए ।

ठमेल पर्यटन विकास परिषद्मा आफू अध्यक्ष भएर आएको करिब ३ वर्षमा ठमेल क्षेत्रमा सञ्चालित व्यवसायलाई व्यवस्थित ढंगले सञ्चालन गर्न तथा त्यहाँको भौतिक तथा पूर्वधार विकासका लागि आफूले कुनै कसर बाँकी नराखेको उहाँले बताए ।

यद्यपि केही व्यक्तिले आफूलाई विकास विरोधी भनेर प्रचारबाजी गरिनु दुःखद भएको अध्यक्ष थपलियाको भनाई छ । यस्ता गतिविधिले सिँगो ठमेलको इज्यत र प्रतिष्ठासँग जोडिएको परिषद्कै बद्नाम गर्न खोजिएको परिषद् अध्यक्षको भनाई छ ।

अध्यक्ष थपलियाले आफूलाई कार्यकाल लम्ब्याउन खोजेको अभिव्यक्ति दिएर केही समूहले साधारण सभा हुन नदिने षड्यन्त्र गरेको बताए । यस्ता भ्रमको पछि नलागी परिषद् सम्बद्ध सबै सदस्यहरुलाई अनिवार्य रुपमा साधारण सभामा उपस्थित हुन र साधारण सभामै स्वतन्त्र ढंगले आफ्नो विचार राख्न सबै साधारण सदस्यहरुलाई अनुरोध गरे ।

आफू परिषद्को अध्यक्ष बनेपछि ठमेलमा विकास निर्माण तथा सुधारका काम तीव्र गतिमा अघि बढिरहेको र यसका कारण ठमेललाई राष्ट्रिय र अन्र्तराष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको उनको भनाई छ ।

ठमेल क्षेत्रमा अहिले पनि कतिपय विकास निर्माणका कामहरु निरन्तर रुपमा अघि बढिरहेको भन्दै थपलियाले आफ्ना विषयमा भै रहेका झूठा प्रचारबाजीका पछाडि कुनै सत्यता नभएको बताए ।

यस्ता अनावश्यक प्रचारबाजीले व्ययवासी, ठमेलबासी तथा समग्र ठमेलकै इज्यत र प्रतिष्ठामाथि आँच आउने काम गरेको भन्दै उहाँले धमिलो पानीमा माछा मार्ने यस्ता तत्वहरुदेखि सजग र सतर्क रहन सबैलाई विशेष आग्रह गरेका छन् ।

उनले परिवर्तित समय अनुसार ठमेल पर्यटन विकास परिषद्लाई आवश्यक पर्ने काम कारबाही गर्न हालको विधान अपूर्ण भएकोले विधान संशोधन गर्न लागिएको तर यसमा व्यक्तिगत स्वार्थ तथा कार्यकाल बढाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारका छन् ।

विधान मस्यौदा समिति गठन भएर सो समितिले विधानलाई कार्यसमितिमा ल्याएको सन्दर्भमा कार्यसमितिबाट विधान साधारणसभामा पेश गर्ने कानुनी प्रक्रिया रहेको अवस्थामा साधारण सभा अघि नै केही व्यक्तिले आफूहरुलाई विधान संशोधनको बारेमा जानकारी छैन भनेर प्रचारबाजी गर्नु हास्यास्पद भएको उनले बताए ।

साधारण सभामार्फत स्वतन्त्र रुपमा विधान संशोधन गर्न खोजिएको र यो कुनै व्यक्तिको हितमा भन्दा पनि समग्र संस्थाको हितमा केन्द्रीत रहने अध्यक्ष थपलियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप