मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वातावरण सफा राख्न शनिवार २२ किलोमिटर साइकल र्याली हुने

बिहीबार, ०६ असोज २०७३, २१ : २०
बिहीबार, ०६ असोज २०७३
काठमाडौं– वातावरण संरक्षण, जैविक तथा धार्मिक पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको स्टेप फर मायल्स नेपालले यस बर्ष छैठौं काठमाण्डौ इको राइड साइकल ¥याली गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्व शान्ति दिवस र पर्यटन दिवसको उपलक्ष्यममा असोज ८ गते शनिवार बिहान साइकल ¥याली गर्ने जानकारी दिइएको हो । ललितपुरको पाटन दरबार स्क्वायर देखि विभिन्न रुट हुँदै डिल्लीबजारसम्म काठमाण्डौ इको राइड साइकल ¥यालीको आयोजना गर्ने जानकारी दिइएको हो । बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म २२ किलोमिटर साइकल ¥याली हुनेछ । राजधानीमा बढ्दो प्रदुषण र अब्यवस्थित घना वस्तीका कारण उत्पन्न प्रर्दूषणका कारण शहरलाइ पुनःहरित स्वच्छ, शान्त बनाउनको लागि साइकल ¥याली गर्न लागिएको संस्थाका अध्यक्ष रुपक खड्काले बताए । सहर सफा राख्ने सकारात्मक आशा बोकेर वातावरण, विकास र शान्तिको लागि साइकल ¥याली केन्द्रित रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस बर्षको साइकल ¥यालीमा विदेशी नागरिक तथा स्वदेशका विभिन्न क्षेत्र÷व्यवसायका व्यक्तिहरुले प्रतिनिधित्व गर्ने गरी २०० भन्दा बढी साइकलयात्रीहरु सहभागी हुनेछन् । स्टेप फर मायल्स नेपालले हरेक बर्ष काठमाण्डौ इको राइड (KTM Eco Ride) र्यालीको आयोजना गद्र्धै आइरहेको छ । साइकल ¥याली पाटन दरवार स्क्वायर हुँदै शंखमुल बाग्मती किनारा तीनकुने, सिनामंगल, गौशाला, चावाहिल, गणेशस्थान, कालोपुल ज्ञानेश्वर, मैतीदेवी हुँदै डिल्लीबजारको भोजन गृहमा पुगेर समापन हुने संस्थाका अध्यक्ष रुपक खड्काले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप