मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रारा सरसफाई अभियान शुरु, अव नियमित सरसफाई हुने

आइतबार, ०९ असोज २०७३, १६ : १६
आइतबार, ०९ असोज २०७३

मुगु –प्रदेश नं ६ को मुख्य पर्यटकिय गन्तव्य मुगु जिल्लामा रहेको रारा ताललाई फोहोर हुन नदिन्का लागी नियमित सरसफाई अभियान शनिबारबाट शुरु गरिएको छ ।

रारा पर्यटन बिकास समितीको पहलमा जिल्ला स्तरका सरोकारवालाहरुको बैठकले रारा तालमा प्रत्येक महिनाको दोस्रो शनिबार सरसफाई गर्ने निर्णय भएको थियो ।

मुगुको महत्वपुर्ण पर्यटकिय गन्तव्यको रुपमा रहेको रारा तालको संरक्षण तथा प्रर्वद्धनका लागी स्थानिय स्तरको जन समुदायको सहभागिता बढाउनका लागी तालको नियमित सरसफाईको अभियान शुरु गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए । शर्माले भने, ‘रारा ताल हाम्रो हो यसको संरक्षण तथा प्रचार प्रसार गर्ने जिम्मा अरु बाहेक कसको हुन्छ र ?” ।

रारा तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङख्या बढ्दै गईरहेको बेलामा हुने फोहोरको नियन्त्रणका लागी अभियानको शुरुवात गरिएको रारा पर्यटन बिकास समितीका अध्यक्ष देविकृष्ण रोकायाले बताए ।

ताल सरसफाई अभियानको शुभारम्भका अधिकाशं बक्ताहरुले तालको वरपरको सरसफाईका लागी सबैको भुमिका उत्तिकै रहेकाले यसको सरसफाईका लागी सबैको सहयोगको आवश्यक्क्ता रहेको जोड दिएक थिए ।

नेपालकै सबैभन्दा ठुलो ताल रारा तालमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको सङख्या समेत बढ्दै जान थालेको छ ।

बाह्य तथा आन्तरिक पर्यटकहरुको सङख्यामा अझै बृद्धि गराउनका लागी प्रत्येक नेपालीहरुको भुमिका उस्तै रहेको कार्यक्रमका सहभागिहरुको जोड रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप