प्रदेशको मुख्यमन्त्री र सभामुखमा यसरी मिलायो एमाले–माओवादीले भागबन्डा
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेशसभाको मुख्यमन्त्री र सभामुखमा भागबण्डा सहमति गरेको छ ।
आइतबार बसेको कार्यदलको बैठकले बामगठबन्धनको बहुमत रहेको ६ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एमालेको मुख्यमन्त्री तथा दुईवटामा माओवादीको मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।
बैठकले १, ३, ४ र ५ नम्बर प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ भने ६ र ७ नम्बर प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ ।
त्यस्तै १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुख पद एमालेले पाउने भएको छ भने ती प्रदेशको उपसभामुख माओवादी केन्द्रले पाउने भएको छ ।
त्यस्तै ४ र ५ को सभामुख माओवादी केन्द्रले पाउने भएको छ भने उपसभामुख एमालेले पाउने निर्णय गरिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठकले प्रदेशमा सातदेखि एघार जनाको मन्त्रिमण्डल बनाउने निर्णय पनि गरेको छ ।