मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘नेपाली स्टाइल’मा अमेरीकी जोडीको बिहे (फोटो)

शुक्रबार, २८ असोज २०७३, १६ : ०३
शुक्रबार, २८ असोज २०७३

पोखरा – धेरै जसो विदेशी पर्यटक रमणिय प्राकृतिक सौन्दर्यता नियाल्न नेपाल आउँछन् । फुर्सद मिलाएर भ्रमण प्याकेजसहित आउने पर्यटकहरु नेपालका विभिन्न पर्यटकिय क्षेत्र घुमेर फर्किन्छन् । तर कतिपय यस्ता विदेशी छन् जसलाई नेपाली कला, संस्कृति र रितिरिवाजले तानेको छ ।

दसैँ, तिहार लगायतका चाडपर्व मनाउन नेपाल आउने पर्यटकसँगै विवाहको लागि नेपाली भूमि राज्ने विदेशीहरुको संख्या पनि बढ्दैछ । अमेरीकाबाट विवाहकै लागि नेपाल आएका एक जोडीले बुधवार पोखरामा नेपाली परम्परा अनुसार लगनगाँठो कसेका छन् । नेपाली रितिरिवाज र संस्कृति प्रतिको मोहले तानेका विदेशी जोडीले पोखरामा पञ्चेवाजा घन्काएर नेपाली परम्परा अनुसार लगन गाँठो कसेका हुन् । अमेरीकाको क्यालिफोर्निया राज्यबाट विहेकै लागि एक साता अघि नेपाल आएका मार्क अस्बोर्न र लिसा केलीले पोखरामा नेपाली परम्परा अनुसार विहे गरे ।

ढाकाको दौरा सुरुवाल र टोपीमा सजिएका दुलाहा तथा नेपाली पहिरन साडीमा घुम्टो ओडेर सजिएकी दुलही हेर्न वरपरका मानिसहरुको पनि भिड लागेको थियो । विहेको चाजोपाँजो लेकसाईडस्थित रेन्वो चिल्ड्रेन होमले मिलाएको थियो ।

मार्कले विगत १० बर्षदेखि यहि चिल्डे«न होमका तीन बालकको लालनपालन र पढाईलेखाइको सम्पूर्ण जिम्मेवारी लिएका छन् । पोखरामा लगन गाँठो कसेका यी जोडी हनिमुनको लागि विहिवार चितवनको सौराहा गएका छन् ।

नेपाली परम्परा अनुसार विहे बन्धनमा बाधिन पाएकोमा यो जोडी निकै खुसी छ । नेपाली संस्कार प्रतिको आकर्षणले यहा सम्म डोहोर्याएको उनीहरुले बताए । लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न पाउनु र त्यसको लागि नेपालीहरुको साथ पाउनु निकै सुखद क्षण भएको उनीहरुको निश्कर्ष छ ।

विहेका लागि नेपाली भूमि राज्ने यो जोडी पहिलो भने होइन । पछिल्लो समय नेपाली रितिरिवाज र परम्परालाई पछ्याएर यहाँसम्म आउने र जिन्दगीको महत्वपूर्ण क्षण सजाउने विदेशीको संख्या बढ्दै गएको नेपाल पर्यटन बोर्डका पूर्व केन्द्रिय सदस्य अग्नी कँडेलले बताए । यस्ता गतिविधिले नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

नयाँ नेपाली पुस्ताले मौलिकता भुल्दै गएका बेला बिदेशीहरुमा बढेको नेपाली कला संस्कृति र रितिरिवाज प्रतिको मोहले तेस्रो मुलुकमा नेपालको प्रतिष्ठा अझै बढाएको रेन्वो चिल्डे«ेन होमकी निर्देशक गोमा ढकाल बताउँछिन् । पुरानो चिनजानको आधारमा नेपालमै बिहे गर्ने इच्छा ब्यक्त गरेकाले सोहि अनुसारको ब्यवस्थापन गरिदिएको उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप