मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ पर्यटकको आगमन बढ्दै

बुधबार, ०३ कात्तिक २०७३, १२ : ३४
बुधबार, ०३ कात्तिक २०७३

रसुवा -  नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,” उनले भने ।

यस्तै चिनियाँ सामान आयात गर्न दैनिक सयौँ कन्टेनर रसुवागढी पुगेपछि टिमुरेर स्याँफ्रुबेसीको चहलपहल ह्वात्तै बढेको छ । चिनियाँ पर्यटकको आगमनले व्यापार व्यवसाय समेत फष्टाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप