मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ रामग्राम स्तुपको इतिहास

बुधबार, ०३ कात्तिक २०७३, १२ : ३९
बुधबार, ०३ कात्तिक २०७३

नवलपरासीको रामग्राम स्तुप ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो । कोलीय गणराज्यको रूपमा रामग्राम स्तुप रहेको र यसको राजधानी नवलपरासीको पण्डीतपुरमा परेको छ । उत्खनन् गरी प्रचीनता पुष्टि भए पछि प्रचार हुँदै आएको रूपन्देहीको देवदह नभई नवलपरासीको पण्डीतपुर कोलीय गणराज्यको राजधानी भएको भूगर्भविद्ले पुष्टि गरिसकेका छन् । नवलपरासी जिल्लाको तत्कालीन गाउँ उनवच विकास समितिको क्षेत्रअन्तर्गत वडा नं. ५ मा देउरवा गाउँमा रामग्राम स्तुप अवस्थित छ । हाल रामग्राम नगरपालीका ३ उजैनीमा यो स्थल पर्छ ।

सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडक तीन कि.मि. पार गरेर उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ हिँडेपछि झरही खोलाको किनारमा समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो । यो स्तुप हाल भत्केको अवस्थामा छ । प्रचारप्रसारको अभाव र लुम्बिनी विकास कोषको हेलचक्रइका कारण स्तुपको महŒव बढन नसकेको स्थानीयले बताएका छन् । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तुप चिल्लो इँटाले बनाइएको छ । अहिले स्तुपलाई काँडेतारले घेरी राखिएको छ ।

वि.सं. २०३७ सालदेखि रामग्रामको रेखदेख निम्ति लुम्बिनी विकास कोषबाट रेखदेखका लागि कर्मचारी राखिदै आएको छ । बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाह संस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ । मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजा आई बाडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निमार्ण गरिएको विभिन्न दस्तावेजले पुष्टि गरेको जानकारहरूको भनाइ छ । जसअनुसार राजगीर गाउँ पटना, कटिहार, तिलौराकोट (कपिलवस्तु) इलाहाबाद, भूपाल, गोरखपुर, कुशीनगर र रामग्राम (नवलपरासी) मा स्थापना गरी पुजिएको विभिन्न तकाका दस्तावेजबाट थाहा भएको छ ।

तत्कालीन राजा गौतमबुद्धका ससुरा दण्डपाणीले बुद्धको परिनिर्वाणपछि अस्तिुधातु ल्याई स्तुपमा राखी यो स्तुप निमार्ण गरेको भनाइ पनि उल्लेख भएको पाइन्छ । सम्राट अशोकले सबै अस्थिधातु एकत्रगरी राख्ने योजना बनाएको भन्ने भनाइ पनि पाइन्छ । यस रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले पनि आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरूले बताएका छन् ।

धार्मिक, पुरातात्विक एवं एतिहासिक दृष्टिकोणले महŒवपूर्ण यस स्थलमा विगत धेरै वर्षदेखि विदेशी तथा नेपाली बौद्ध धर्मावलम्बी निमितम् पूजा गर्न, धूप दीप बाल्न, बाजा बजाउने, भजन गाउने गर्ने गरेका छन् । रामग्रामको संरक्षण र विकास गर्नसकेमा लुम्बिनीजस्तै रामग्राम पनि एउटा अन्तर्राष्ट्रिय महŒवको बौद्ध तीर्थ स्थल बन्ने विश्वास गरिएको छ । यसै पवित्र स्थलको नामबाट नगरपालिकाको नामकरणसमेत गरिएको हो ।

(स्रोतः विभिन्न बौद्धसम्बन्धी सामग्री)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप