मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राराका कारण होटल भरिभराउ

बुधबार, ०३ कात्तिक २०७३, १६ : १७
बुधबार, ०३ कात्तिक २०७३

मुगु  - रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् ।

रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । जाडो मौसम सुरु भइसकेकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधि साथमा ल्याउनु पर्ने ‘भिजिट कर्णाली टुर एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्की बताउँछन् । बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका होटल व्यवसायी पूर्णादेवी बमले बताए । रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक एक घन्टा टाढाको रारा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका रारा राष्ट्रिय निकुञ्जका प्रमुख मोहनचन्द्र विश्वकर्मा बताउँछन् । “दिनहँु २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्,” उनले भने । पर्यटकको बसाइँ लम्ब्याउन रारा वरपर सुविधा सम्पन्न होटेल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुङ्गा, साइकिलिङ सेवाका लागि पहल गरिनुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप