बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, १६ माघ २०७४, ०५ : ५७
मङ्गलबार, १६ माघ २०७४

आजको राशिफल
बि.स.२०७४ माघ १६ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी ३० तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि चतुर्दशि ३७ घडी १६ पला,बेलुका ९ बजेर ४८ मिनेट उप्रान्त पुर्णिमा । नक्षत्र पुनर्वशु ३२ घडी ३९ पला,बेलुका ७ बजेर ५७ मिनेट उप्रान्त तिष्य । योग विष्कुम्भ ७ घडि ४७ पला,बिहान १० बजेर १ मिनेट उप्रान्त प्रिती । करण गर,बिहान १० बजेर ५८ मिनेट उप्रान्त वणिज,बेलुका ९ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा स्थिर योग । 

चन्द्रराशि मिथुन,दिउसो २ बजेर २२ मिनेट उप्रान्त कर्कट । श्री पशुपतिनाथको छाया दर्शन। शहीद दिवस।

काठमाडौंमा सूर्योदय ६ बजेर ५४ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४१ मिनेट । दिनमान २६ घडी ५९ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)राजनितिमा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुँने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघाात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुँनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा घटपट हुँने योग रहेकोछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुँने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुँने तथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ । साझपख समय मध्ययम रहेकाले आफन्त सँग बिवाद हुनेछ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा तित्तता आउँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानिको तुलनामा खर्च कम हुँने हुँदा फाईदा हुँने क्षेत्र खोजेर लगानि गर्न सकिनेछ । व्यापार तथा शेयरबजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतिको परिचालनको माध्यमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनितिमा लाग्नेहरुले राज्यबाट बिषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ । साझपख लामो दुरिको यात्राको तय गर्न सकिनेछ भने स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्ने भन्दा फसाउँने मानिसहरु हाबि हुँनेछन् । निति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । मध्यान्हबाट समय उत्तम रहेकोले नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् । नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । मध्यान्हपछिको समय मध्यमय रहेकोले सरकारि तथा दैनिका कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथि हुँने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ । मध्यान्हबाट समय उत्तम रहेकोले बुवा तथा आफन्तबाट सहयोग पाईने हुँनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुँने सम्भावना रहेको हुँनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकोले कुनै पनि काम तत्काम नगर्नुनै राम्रो हुनेछ । मध्यान्हबाट जीवन साथिको सहयोगले नाँफा मुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पति थता बिलाशि सामान प्राप्त हुँने योग रहेकोछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुले सँगै बसेर भलाकुसारि गर्न पाउँने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुँने हुँदा सामाजिक पद प्रतिष्ठा पाईने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे धन लाभ हुँनेछ भने माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप