मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हलेसीको प्रचार गर्न तीनदिने पदयात्रा

मङ्गलबार, ०९ कात्तिक २०७३, १३ : २५
मङ्गलबार, ०९ कात्तिक २०७३

खोटाङ– पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भाव्यता अध्ययन र प्रचार–प्रसारका लागि हलेसी प्रतिष्ठानले तीनदिने पदयात्रा गरेको छ । स्थानीय राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा, पत्रकार र इच्छुक पदयात्रामा सहभागी थिए । हिन्दुस“गै किरात र बौद्ध धर्मावलम्बीको पनि उत्तिकै पवित्र स्थान हलेसी र आसपासका क्षेत्र ओझेलमा परेको भन्दै प्रतिष्ठानले पदयात्रा एवम् अध्ययन अवलोकन गरेको प्रतिष्ठान अध्यक्ष सुविन्द्र गिरीले जानकारी दिए । तीनदिने भ्रमणक्रममा हलेसी महादेव मन्दिरनजिकै रहेको अर्खौलेको गुप्तेश्वर गुफा, हलेसी, सल्ले, अर्खौले र धितुङ गाविसबीचमा रहेको किरात राईको उद्गमस्थल तुवाचुङ जायजुम, हलेसीनजिकै रहेको बौद्ध धर्मावलम्बीको ऐतिहासिक स्थल जगदम्बा माईको अवस्थाबारे जानकारी लिइएको थियो । गुप्तेश्वर गुफा ऐतिहासिक र आश्चर्यजनक गुफा रहेको प्रतिष्ठान अध्यक्ष गिरीले बताए । बाहिरबाट झट्ट हेर्दा बाघको मुखजस्तो देखिने गुफाभित्र झरना रहेको छ । गुफा संरक्षणका लागि शिवराज राईको नेतृत्वमा समितिसमेत बनिसकेको छ । तुवाचुङ जायजुम संरक्षणका हिसाबले निकै माथि रहेको बताउ“दै गिरीले भने, ‘किरात समुदायको सक्रियताले यस ठाउ“को केही सुधार भएको छ ।’ हलेसी क्षेत्रको सबैभन्दा यहा“बाट हिमाली दृश्य नियाल्न सकिने भएकाले पर्यटकीय आकर्षण बन्न सक्ने उत्तिकै सम्भावना छ । मंगलटारको घुर्चुमा रहेको सत्तेश्वर महादेव प्रचार अभावमा ओझेलमा रहेको प्रतिष्ठान कोषाध्यक्ष सयन्द्र राईले बताए । सत्तेश्वर गुफामा सत्यजस्तै लाग्ने, शेषनागको शिला, ढुंगाको मादल, खाना पकाउन मिल्ने किरात समुदायले उपयोग गर्ने चुल्हो तथा अन्य मूर्ति र आकृति रहेको राईले सुनाए । मंगलटारमै रहेको ताराखसे ओढार पनि पर्यटकीय आकर्षण बन्न सक्ने सम्भावना छ । ‘भीरको टुप्पोमा पहरालाई कु“देर बनाएजस्तो देखिने करिब १५÷२० मिटर गहिरो खाडल रहेछ,’ प्रतिष्ठान अध्यक्ष गिरीले भने, ‘यो कसैले बनाएको त पक्कै होइन ।’ कसैले बनाएकै भए पनि यो ऐतिहासिक रहेको उनको भनाइ छ । यो ओढार तारा खसेर बनेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप