मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धुलिखेलमा पर्यटकको घुइँचो

बुधबार, १० कात्तिक २०७३, १४ : ३१
बुधबार, १० कात्तिक २०७३
बनेपा- धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ । “होटेलले आन्तरिक र विदेशी पर्यटक लोभ्याउने कार्यक्रम ल्याउनु पर्छ,” उनले भने । भूकम्पको त्रासदी ओझेलमा परेको र विस्तारै ट्रेकिङ, ह्याकिङमा बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ । ट्रेकिङ र ह्याकिङको लागि अधिकांश पर्यटक नमोबुद्ध, बल्थलीलगायत क्षेत्रमा जाने गरेका छन् । “बाह्य पर्यटक कम्तीमा तीन दिनसम्म धुलिखेल बसेको अवस्था छ,” श्रेष्ठले भने । खासगरी जर्मनी, जापान, कोरिया, अमेरिका, भारतबाट पर्यटक धुलिखेल आउने गरेका तथ्याङ्क छ । त्यस्तै आन्तरिक पर्यटकको पनि धुलिखेलका होटेलमा घुइँचो लाग्न थालेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप