मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बिना अक्सिजन मनास्लु हिमाल आरोहण

शुक्रबार, १२ कात्तिक २०७३, १० : ४३
शुक्रबार, १२ कात्तिक २०७३

काठमाडौँ –यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । ८,१५६ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो ।

श्वासप्रश्वासको रोगी समेत रहेका क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र केसीले जानकारी दिए ।समिट आठ हजार नाम दिएर हिमाल अरोहणमा रहेका क्रिष्टोफर पर्याप्त पूर्व तयारी गरेकाले आफूले अक्सिजन बिनै हिमाल आरोहण गर्न सकेको बताउँछन ।

८ हजार मिटर माथिको सबै हिमाल चढ्ने योजनामा रहेको बताउने क्रिस्टोफर विना अक्सिजन सगरमाथाको पनि आरोहण गर्ने दाबी गर्छन । भूकम्पपछि पहिलो पटक नेपाल आएका उनले हिमाल आरोहणका क्रममा धेरै हिमपहिरो भेटेको तर जोखिम नरहेको बताए ।

अधारशिविरबाट २२ दिनमा हिमाल आरोहण गरेको बताउने उनी आफू १३ वर्षको उमेर छँदादेखि नै नेपालका हिमाल आरोहण गर्ने सोचाइ बनाएको बताउँछन । गोरखामो उत्तरी सामागाउँ रहेको यो हिमाल चढन बर्षेनी सयौँ व्यक्ति मनास्लु पुग्छन ।

भूकम्पका कारण केही प्रभाव परेपनि गोरखाको माथिल्लो उत्तरी क्षेत्रमा पर्ने मनोरम मनास्लु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ । हिमाल आरोहणका लागि मात्र नभई विशिष्ट किसिमको सामाजिक सांस्कृतिक परिवेश र भू–दृश्य, दुर्लभ वन्यजन्तुको अवलोकनका लागि समेत यस क्षेत्रमा पर्यटक आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप