सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चलचित्र ‘डाक्टर...खाते’ को प्रोमो देखाउँदै यस्तो चर्चा

सोमबार, २९ जेठ २०७४, १६ : ५१
सोमबार, २९ जेठ २०७४

काठमाडौं – सडक बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भविष्यमा डक्टर लगायत विभिन्न उच्च स्थानमा पुन्न सक्छन्, भन्ने बिषय बस्तुमा निर्माण भएको ‘डाक्टर...खाते’ सबैले हेर्नुपर्ने चलचित्र भएको चर्चा गरिएको छ । 
कार्यक्रममा बिकाश बोर्ड सदस्य तथा चलचित्रका बितरक नरेन्द्र महर्जन, निर्देशक तथा नेपाल संस्कृतीक संघका अध्यक्ष तिर्थ थापा, कलाकार सम्म्राट सापकोटा लगायतले चलचित्रको बिषयमा बोलेका थिए ।
६ साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय थियो ।
चलचित्रलाई उपत्यकामा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण गर्नेछ । चलचित्र कलाकार रोशनी केसीले बनाएकी हुन् । 
आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र विभिन्न बाह्य मुलुकपछि नेपालमा प्रदर्शन हुन लागेको हो ।
जगदिश्वर थापाको लेखन, रबीराज अर्यालको निर्देशन रहेको चलचित्रमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन र डब्बु क्षत्रीको ‘कास्टिङ’ रहेको छ । 
आर आर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्धारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो । चलचित्रका निर्देशक केही बर्षदेखि अमेरिकामा रहँदै आएका छन् । 

— ‘कास्टिङ’ निर्देशन समेत रहेका पत्रकार डब्बुले अहिले निर्देशकले गर्नुपर्ने सम्पुर्ण जिम्बेवारी आफुले बहन गरिरहेको बताए ।
—चलचित्रले बिषयबस्तु राम्रो उठाएको चर्चा गर्दै निर्देशक थापाले बिदेशमा मनपराइएको चलचित्रले स्वदेशमा पनि राम्रो ब्यवसाय गर्न सक्ने बताए ।
— बोर्ड सदस्य महर्जनले आफुले चलचित्र हेरेर मन परेकोले बितरण जिम्मा लिएको बताए । उनले चलचित्रले जो कोहीको पनि मनछुने दाबी गर्दा अर्का बितरक गोबिन्द शाहीले पनि चलचित्रको बिषय राम्रो भएको सुनाए ।
—निर्माता रोशनी केसीले चलचित्र राम्रो बनेको दबी गर्दै आफ्नो मिहिनत खेर नजाने अनुमान गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप