मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखराको शान्ति स्तुपामा विश्व शान्ति पूजा

शनिबार, २० कात्तिक २०७३, १७ : १२
शनिबार, २० कात्तिक २०७३

पोखरा - उद्योग मन्त्री नवीन्द्रराज जोशीले पर्यटन व्यवसाय देशको आर्थिक उन्नतिको आधार भएको बताएका छन् ।

पोखराको पुम्दीभुम्दीमा रहेको विश्वशान्ति स्तुपामा शनिवार भएको विश्वशान्ति पूजाको उद्घाटन गर्दै मन्त्री जोशीले सो कुरा बताएका हुन् ।

मन्त्री जोशीले पोखरामा पर्यटन व्यवसायको भरपूर सम्भावना रहेकोले यसको विकास र विस्तारमा लाग्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

पोखरामा पर्यटन उद्योगले गति लिने बताउँदै मन्त्री जोशीले पर्यटकको वसाई लम्व्याउने खालका योजनामा ध्यान दिनुपर्ने बताएका छन् ।

लुम्विनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध महास्थवीरले पोखरामा रहेको विश्वशान्ति स्तुपाले नेपालको गौरव वढाएको चर्चा गरे । उनले विश्वमा वुद्धको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोले बुद्ध पथमा लाग्न उपस्थित भक्तजनहरुलाई आग्रह गरे ।

उनले लुम्विनी विकास कोष र शान्ति स्तुपाले देशको अस्थित्व विदेशमा पनि स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।

स्तुपाको १७ औं वार्षिकोत्सवको अवसरमा सो शान्ति पूजा भएको हो । सो पूजाको अवसरमा नेपालका भीक्षुहरुको साथै भारत तथा जापानका भीक्षुहरुको पनि सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप