मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘याक अट्याक’ टोली मनाङमा

सोमबार, २२ कात्तिक २०७३, १८ : १३
सोमबार, २२ कात्तिक २०७३

लमजुङ- विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौडका प्रतियोगी हिमालपारिको जिल्ला मनाङ पुगेका छन् । बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनी अन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालित प्रतियोगिता बेंसीसहरबाट शनिबार दौड सुरु गरेका प्रतियोगी आज माथिल्लो मनाङ पुगेका हुन् । उच्च हिमाली क्षेत्र अन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजित ‘याक अट्याक २०१६’ साइकल दौड प्रतियोगिता दसौँ संस्करण हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता सुरु भएको हो । १२ दिनसम्म हुने प्रतियोगितामा बीचमा दुई दिन आराम गरिनेछ । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, जापान, मलेसिया, अमेरिका, क्यानडा, बेलायत, हङ्गेरी, फ्रान्स, अस्ट्रेलिया, न्युजिल्यान्ड, अस्ट्रिया, पोर्चुगल र डेनमार्कका गरी ३९ जना प्रतियोगी सहभागी छन् । अघिल्ला वर्षमा आयोजित प्रतियोगितामा नेपालका युवा अजय पण्डित पाँच पटक सम्म लगातार विजेता बनेका थिए । प्रतियोगितामा प्रथम हुनेले एक हजार २५०, दोस्रो हुनेले ७५० डलर र तेस्रोले ५०० डलर पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप