मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रशिक्षार्थीको मृत्यु भएपछि पोखराको प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

मङ्गलबार, २३ कात्तिक २०७३, १६ : ०३
मङ्गलबार, २३ कात्तिक २०७३

पोखरा - नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।

गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताए।

पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप