मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल पर्यटन बोर्डले तयार पार्यो पूर्वपश्चिम गन्तव्यको घुमफिर प्याकेज

बिहीबार, २५ कात्तिक २०७३, १४ : ०४
बिहीबार, २५ कात्तिक २०७३
काठमाडौँ – नेपाल पर्यटन बोर्डले घुमफिर वर्षलाई मध्यनजर गरी नयाँ पर्यटकीय प्याकेज तयार गरेको छ । निजी पर्यटन व्यवसायीको छाता सङ्गठनसँगको साझेदारीमा बोर्डले पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्याकेज तयार गरेको हो । नेपालीलाई घुम्न सजिलो होस् र आन्तरिक पर्यटक बढुन् भन्ने उद्देश्यले घुमफिरको प्याकेज बनाएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए । “पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थान र गतिविधिलाई समेटेर प्याकेज बनाएका छौँ, यी प्याकेजलाई नमुनाका रुपमा १० वटाबाट सुरु गरेका छौँ, प्याकेजले नेपालीको यात्रालाई सहज र सुलभ बनाउनेछ,” उनले भने । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स ९सोट्टो०नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको छ । नयाँ गन्तव्यसहितका प्याकेज व्यवसायीसँगको सहकार्यमा बनाइएकाले पर्यटकका लागि उपयोगी र प्रभावकारी हुने सुवेदी बताउनुहुन्छ । घुमफिर प्याकेजमा नयाँ गन्तव्य नै बढी छन् । रारा तालदेखि खप्तडसम्मका प्याकेजलाई प्रवद्र्धन गरिनुका साथै सेवाग्राहीको सिधै पहुँचका लागि अनलाइनमा समेत राखिएको बोर्डले जनाएको छ । पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथीभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्बिनी–स्वर्गद्वारी भ्रमण, रारा टुर रहेको छ । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेज पनि सम्बन्धित संस्थाको सहकार्यमा आउने बताइएको छ । सरकारले बजेट वक्तव्य तथा नीति कार्यक्रममा सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसअनुरुप मातहत निकाय र निजी सङ्घसङ्स्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप